अर्घाखाँची : नेकपा एमालेको ‘मिसन ग्रासरुट’ सुरु (तस्बिर सहित)

 

 

-लक्ष्मण घिमिरे ,अर्घाखाँची । 

अर्घाखाँची । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीद्वारा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)–२०७९ अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ ।

No description available.

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख अतिथ्यतामा सन्धिखर्क स्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।

No description available.

केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद दिनेश पन्थी, प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष भुसाल, उपाध्यक्ष ईश्वरा पोख्रेल, सचिव तोजबहादुर रायमाझी लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको छ ।

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अर्घाखाँचीमा सुरु

images

संगठन विस्तार र पार्टी सुदृढिकरण गर्ने उद्देश्यले देशैभर कार्यक्रमको आयोजना गरिएको छ । अर्घाखाँचीका ६ स्थानियतह मध्ये मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा सूर्य थापाको नेतृत्वमा कार्यक्रम हुनेछ ।

No description available.

images

छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा दिनेश पन्थी तथा सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकामा पोलिटब्युरो सदस्य विमला घिमिरेको नेतृत्वमा कार्यक्रम गरिने नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

images

दुईमहिने अभियानका लागि एमालेको केन्द्रीय सचिवालयले सबै केन्द्रीय नेतालाई ६ हजार सात सय ४३ वटा वडाका टोलसम्म पुगेर संगठन विस्तार गर्ने कार्यादेश दिएको छ । एमालेका केन्द्रीय सदस्य सात सय ५३ पालिकामा केन्द्रित भएका छन् ।

दुई महिनासम्म वडा हुँदै टोलसम्मको कमिटी गठन–पुनर्गठन र संगठन विस्तारका लागि खटाइएको एमालेले जनाएको छ  ।

Nepal life insurance

 

थप तस्बिर : लक्ष्मण घिमिरे , हरी कुँवर , अर्घाखाची ।

No description available.

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अर्घाखाँचीमा सुरु

No description available.

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अर्घाखाँचीमा सुरु

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.