सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी बहुमत (अनेरास्ववियु क्रान्तीकारी ) द्वारा पाणिनि गाउँपालिकाकाे गाडी नियन्त्रणमा ।

 

 

 

-अर्घाखाँची डट्कम सम्बाददाता ।

अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पाटी बहुमत निकटकाे विधार्थी सगठन अनेरास्ववियु क्रान्तीकारीले  जिल्लामा विदाका दिन र शनिबार विना काम सरकारी गाडीको दुरुपयोग बढेको भन्दै चेकजाँच लाई कडाइ गरेको छ।

जसअन्तर्गत मगलबार सार्वजनिक विदाका दिन पाणिनि गाउँपालिकाकाे गाडी नियन्त्रणमा लिएको छ लु १ झ ४८९ नम्बरको गाडी सन्धिर्खककाे शान्तिबगैचामा नियन्त्रणमा लिएको बताउदै बिना कारण सरकारी गाडी सम्पति काे दुरुपयोग गर्ने जाे काेहिलाई कार्यबाही गरिने अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य तथा ईन्चार्ज पदम नेपाली बताउनुभएको छ ।

No description available.

 

images

नियन्त्रणमा लिएको गाडीमा सवार जनप्रतिनिधि लाइ साेधपुछ गर्दा पानी लिनकाे लागि आएकाे बताए पनि अन्य कामकाे लागि आएको हुनसक्ने बताएको छ ।

 

images

No description available.

 

images

जनप्रतिनिधि र कर्मचारीले सामान्यतया जुनसुकै बेला पनि सरकारी गाडीको प्रयाेग गर्ने गरेको पाईन्छ, त्यसकारण त्यसलाई नियन्त्रण गर्नु आफुहरूकाे दायित्व रहेको उनले बताए।

No description available.

मुलुक आर्थिक सङ्कटमा परेको बेलामा सरकारले बिकास निर्माणका बजेट काट्ने तर स्थानीय सरकार र सराेकारवाला निकायले आफ्नो जिम्मेवारी भन्दा माथि गैरजिम्मेवारी काम गनु जनतालाई घातक हुने बताउदै जिल्ला प्रशासनको अनुमति बिना हिड्ने जाेकाेहिलाई कार्यबाहि गरिने नेपालीले बताए।

Nepal life insurance