


यता बनाउदा उता बिग्रने भगवानका नियमहरु ।।
तिमी कति राम्रा थियौं खोट लाउन जानीन महिले ।
अब फुल रोप्दा काँडा हुने बोट लाउदिन महिले । ।
विवशता रहेछ जिन्दगी नचाहेर जिउनुपर्ने ।
दुःख रहेछ जिन्दगी आँसु मात्र पिउनुपर्ने ।।
अनिश्चित रहेछ जिन्दगी क्षणभरमा छुट्नुपर्ने ।
खेलौना रहेछ जिन्दगी थाहै नपाइ टुट्नुपर्ने ।।
आगो रहेछ जिन्दगी भित्र भित्रै जल्नुपर्ने ।
पिडा रहेछ जिन्दगी हरेक दुखाइ सहनु पर्ने ।।





