अनेरास्ववियु द्वारा पाणिनी बहुमुखी क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन तालिका सार्वजनिक गर्न माग

-हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँची । अनेरास्ववियु द्वारा पाणिनी बहुमुखी क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन तालिका सार्वजनिक गर्न माग गरेको छ ।
spot_img
पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीले त्रिभुवन विश्व विद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति सार्वजनिक गर्दा समेत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छैन । लिखित मौखिक रुपमा पटक- पटक जानकारी गराउदा समेत वेवास्ता गरेको हो ।
No description available.
क्याम्पस प्रमुख समक्ष अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष बिपिन पन्थी, सचिव अनिल भुसाल, सहसचिव प्रकाश खनाल, अनेरास्ववियु नगर कमिटी ( सन्धिखर्क ) अध्यक्ष बिक्रम नेपाली लगायत सम्पुर्ण क्याम्पस कमिटी सदस्यहरु को उपस्थिति मा ध्यानाकर्षण पत्र पुन: बुधबार बुझाइएको छ ।
निर्वाचन प्रक्रिया अगाडि नवढाए अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरि सोहि अनुसार अगाडि बढ्ने समेत जानकारी गराएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
ध्यानाकर्षण पत्र :
No description available.

अन्य समाचारहरु