मिसन ग्रासरूट अभियान : सन्धिखर्क नगरपालिका वडा नं. २ काे वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न।

spot_img

-केशब पन्थी , अर्घाखाची डट्कम।

अर्घाखाँची ,फाल्गुन १८ ।अर्घाखाँची नेकपा एमालेद्वारा देशभरि सन्चालन गरिएकाे मिसन ग्रासरूट अभियान अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. २ काे वडा स्तरीय अभिमुखिकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

नेकपा (एमाले) सन्धिखर्क २ नं. वडा कमिटीकाे अायाेजनामा सन्धिखर्ककाे मदन अाश्रीत स्मृति भवनमा कार्यक्रम सम्पन्न भएको हाे । मिसन ग्रास रूट ( पार्टी सुदृढीकरण तथा विस्तार ) अभियान अभिमुखिकरण कार्यक्रम मा मन्तब्य राख्दै प्रमुख अतिथि प्रदेश कमिटी सदस्य मालारानी गाउँपालिका अध्यक्ष दल वहादुर भट्टराईलेले पार्टीलाई जन स्तर सम्म पुर्याउन ,बलियाे गरि पार्टी संगठन स्थापित गर्न र भाेलि श्रेष्ठता हासिल गर्नकाे निम्ति याे अभियान सुरू गरिएको बताउँदै अभियान सफलताकाे शुभकामना ब्यक्त गर्नु भयाे ।

No description available.

विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले अभियान सफल बनाउन केन्द्र प्रदेश र जिल्ला तहका नेताहरू समेत ग्रासरूट मा अाएकाे बताउँदै याे अभियानले नेता कार्यकर्ताकाे सम्बन्ध प्रगाढ बनाउँदै पार्टी संगठन बलियाे बनाउने बताउनु भयाे ।

वडा कमिटी अध्यक्ष नारायण बहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पाेख्रेल , जिल्ला कमिटी सदस्य नगर ईन्चार्ज युवराज श्रेष्ठले समेत मन्तब्य राख्नु भएको थियाे।

No description available.

कार्यक्रममा जिल्ला कमिटी सदस्य कमल भट्टराई ,धुर्व के.सि. ,कमला खनाल भण्डारी ,शुष्मा श्रेष्ठ , जेष्ठ कम्युनिस्ट मन्च सदस्य लालमणि भुसाल , जिल्ला सल्लाहकार कृष्णप्रसाद पाेख्रेल , श्याम बहादुर भुसाल पुष्पा भुसाल ,राम बहादुर रायमाझी ,क्षेत्रीय कमिटी सदस्य नेता भुसाल ,रिटर्निङ्ग फेडेरेशन केन्द्रीय सह काेषाध्यक्ष वसन्त के.सि , अनेमसंघ नगर अध्यक्ष पार्वता भुसाल , उपाध्यक्ष पार्वता श्रेष्ठ., सन्धिखर्क वडा नं. २ अन्तर्गतका पालिका कमिटीका सदस्यहरू लगायत वडा कमिटीका सदस्यहरू, टाेल कमिटीका पदाधिकारी, वडा स्तरका जनसंगठनका पदाधिकारीहरूकाे समेत सहभागिता रहेकाे थियाे ।

No description available.

कार्यक्रममा प्रदेश ,जिल्ला र नगर कमिटीका परिपत्रहरू वाचन गरिएकाे थियाे । कार्यक्रमकाे कार्ययाेजना बिषयमा नगर अध्यक्ष श्रीकृष्ण भुसालले प्रकाश पार्नु भएको थियाे भने टाेल स्तरकाे कार्य याेजना अध्यक्ष नारायण खड्काले प्रस्तुत गर्नु भएको थियाे ।

No description available.

वडाले टाेल स्तरको याेजना निर्माण सहित अभियान संचालनकाे महत्त्वपूर्ण याेजना तय गरेकाे छ । कार्यक्रमकाे सन्चालन वडा कमिटी सचिव पदम प्रसाद भुसाल र स्वागत वडा कमिटी उपसचिव पवित्रा सापकाेटाले गर्नुभएको थियाे ।

याे ग्रासरूट अभियान फाल्गुन ५ देखि बैशाख ५ गते सम्म २ महिना देश भर सन्चालन गरिएको छ । भने अर्घाखाँची जिल्लामा पनि प्रत्येक पालिकाहरूमा दैनिक यसैगरि अभियान सन्चालन भै रहेका छन् याे अभियानमा पार्टी बिस्तार र सुदृढीकरण का कामहरू हुने भएका छन्

जस्मा पालिका स्तरिय प्रशिक्षण भेला तथा अन्तरकृया कार्यक्रम , संघ संस्था नागरिक समाज सदस्य बिच अन्तरकृया एवं अभिनन्दन , पार्टी र जन प्रतिनिधि माझ अन्तरकृया एवं टाेल टाेलमा पुगेर जनसंगठन निर्माण , पार्टी सदस्यता बितरण ,सुझाव संकलन , याेजना निर्माण जस्ता कार्यहरू गरिने बताईएकाे छ ।

 

अन्य समाचारहरु