तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको उपाधी अर्घाखाँची बुलेटिनले जित्यो (तस्बिर सहित)

spot_img

-बिराट पहारी ,भुमिकास्थान  अर्घाखाँची।

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा “खेलाडी मान होइन सम्मान हो खेलकुद शान होइन हाम्रो पहिचान हो ” भन्ने मुल नारा सहित सुरु भएको तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको अन्तिम दिन आज अर्घाखाँची बुलेटिन भलिबल क्लबले आफ्नो अन्तिम खेलमा जित हासिल गर्दै फाइनल उपाधी आफ्नो हातपारेको छ।

फाइनल खेलमा रोयल ढाकाबाङ्ग टिमलाई अर्घाखाँची बुलेटिन भलिवल क्लबले ३- ० को सिधा सेटमा पराजित गर्दै विजय (उपाधि) हाँसिल गरेको छ।

No description available.

उपाधी जित्दै राशी रु ७१०००  मेडल ,ट्फी,प्रमाणपत्र हातपारेको छ, भने उपबिजेता बन्दै रोयल ढाकाबाङ ले रु ५१०००  राशी मेडल, ट्फी र प्रमाणपत्र हात पारेको छ। त्यस्तै तृतीय भएको हंसपुरले रु ३१०००  राशी सहित मेडल ,टर्फी र प्रमाणपत्र हातपारेको छ ।

No description available.

त्यसैगरी अनुशासित खेलाडीमा हंसपुर भलिबल क्लबका खेलाडी विशाल जिशी , उत्कृष्ट खेलाडीमा रोयल ढाकाबाङ्कका खेलाडी नवीन महतो उर्फ ” पुतली” ले हात पारे
भलिबल खेलभरी सोम दर्लामी, विश्व प्रकाश राना र अनिल जिसीले रेफ्रीको भुमिका निभाउनु भएको थियो । कार्यक्रममा सम्पूर्ण सहयोग दाताहरु ,खेलाडीहरु, रेफ्रीहरु,पत्रकारहरु ,कलाकारहरुलाई पनि सम्मान गरिएको थियो।

No description available.

images

आज भएको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा कार्यक्रमको अध्यक्षता ,बाबुराम खनाल र कार्यक्रम संचालक रुपमा बिष्णु शर्मा रहनु भएकोे थियो।

images

कार्यक्रम समापनमा बोल्दै बाबुराम खनालले भलिबल खेलमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्ता खेलहरु संचालन गर्न हरदम तयार रहने बताउनु भयो ।

images