मृगौला रोगी श्रृजनाको उपचारमा आर्थिक समस्या

 

-हरि कुँवर ,अर्घाखाँची ।

मृगौला रोगले पीडित श्रृजना जि.सीको उपचारमा आर्थिक समस्या देखिएको छ । अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी प्युडाँडा निवासी कमल जि .सी. र कमला जि.सी. कि २१ वर्षिया छोरी श्रृजना जि.सी. का दुबै मृगौला संक्रमण हुँदा आर्थिक सहयोग जुटाई दिन परिवारले आग्रह गरेको हो ।

परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा समस्या देखिएको हो । परिवारले आर्थिक सहयोग जुटाई दिन सबै सँग आग्रह गरेका हुन् । कमलले भारतको नयाँ दिल्लीमा सामान्य नोकरी गरी जिविकोपार्जन मात्र गरीरहेको अवस्था छ ।

No description available.

सम्पत्ति सबै छोरिको उपचारमा सकेपछि अब छोरिको उपचार खर्च जुटाउने केही उपाय नभएको पीडित कमलले बताए ।

उनलाई अहिले औषधि किन्न समेत कठिन छ।  मृगौला प्रत्यारोपण गर्नका लागि करिब २०- २२ लाख रुपैयाँ लाग्ने भन्दै सहयोग गर्न परिवारले अपिल गरेको हो ।

७ वर्ष अगाडि श्रृजनाको आमाले एउटा मृगौला दिइएको भएपनी त्यो मृगौलाले काम गर्न छाडेको हुँदा पुनः दिनुपर्ने भएको हो ।

थप जानकारीको लागी:

कमल जि.सी

मोबाइल नम्बरमा +९१- ९७७२८०८७१

सम्पर्क गर्न आग्रह गरिएको छ ।

 

 

अन्य समाचारहरु