अध्यक्ष ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ उप-समिती गठन (तस्बिर सहित)

-अर्घाखाची डट्कम सम्बाददाता ।

अर्घाखाची – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत -१२ गते अर्घाखाँची आउँदै हुनुहुन्छ ।ओली कार्यकर्ता भेटघाटको निम्ति सन्धिखर्क आउन लाग्नुभएको नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जानकारी दिनुभयो । उहाँले आईतवार दिउँसो जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

No description available.

पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली जिल्ला आउने भएपछि नेकपा एमाले अर्घाखाँचीले उहाँ सहभागी हुने कार्यक्रमलाई व्यवस्थित र फलदायी बनाउन लागि परेको छ ।

यसैबीच १२ गतेको कार्यक्रमलाई व्यवस्थित गर्नको निम्ति नेकपा एमाले जिल्ला कार्यालयको सदरमुकाम सन्धिखर्कमा उपलब्ध नेताहरूको बिस्तारित बैठक आज मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भयो । बैठकले कार्यक्रमलाई व्यवस्थित गर्नको निम्ति विभिन्न समितिहरु निर्माण गरेको छ । जसअनुसार खाना, खाजा तथा आवास व्यवस्थापन समितिको संयोजक तोजबहादुर रायमाझी रहनुभएको छ ।

No description available.

समितिको सदस्यमा बालकृष्ण आचार्य, युवराज श्रेष्ठ, तिलक मिश्र, रेशम थापा, मोतिजङ्ग रायमाझी, देवी थापा र लक्ष्मण कँडेल रहनुभएको छ । यस्तै अतिथि सत्कार समितिको संयोजकमा शम्भुप्रसाद पोख्रेल तथा सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ, मिश्रा आचार्य, मणि पौडेल, शोभाखर पन्थी, विष्णुमाया आचार्य ,दिपा आचार्य, कमला खनाल भण्डारी, पार्वता श्रेष्ठ र पबित्रा सापकोटा रहनुभएको छ ।

यसैगरी मञ्च, हल तथा साउण्ड व्यवस्थापन समितिको संयोजकमा श्रीकृष्ण भुसाल तथा सदस्य नारायण प्रसाद अर्याल, कुशल भुसाल, लक्ष्मण रायमाझी, बलबहादुर वि.सी., नारायण वि.सी., नारायण खड्का तथा सन्धिखर्क नगर कमिटी, सन्धिखर्क १ र २ वडा कमिटी सदस्यमन रहेको जनाएको छ । यस्तै स्वयंसेवक परिचालन समितिको संयोजकमा लिलबहादुर वि.क., सदस्य विष्णु परियार, कृष्ण बहादुर भुसाल, लक्ष्मण नेपाली, शुष्मा श्रेष्ठ, प्रेमकुमार थापाका साथै युवा, विद्यार्थी तथा खेलकुद महासंघको जिल्ला कमिटीलाई सदस्यमा राखिएको छ ।

चैत -१२ गते दिउँसो सन्धिखर्क स्थित संगम फुडल्याण्डमा हुने कार्यक्रममा पार्टीको वडा कमिटीका पदाधिकारीहरु सम्मलाई अनिवार्य उपस्थित गराउने तथा सहभागी हुन चाहने पार्टी सदस्यहरुलाई समेत कार्यक्रममा सहभागीताको निम्ति अनुमति प्रदान गरिने एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता र सचिव तोजबहादुर रायमाझी विधानको संचालनमा सम्पन्न बैठकमा केन्द्रिय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल , केन्द्रिय सल्लाहकार परिषद सदस्य नजिर मियाँ, प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे लगायत सन्धिखर्कमा उपलब्ध प्रदेश कमिटी, जिल्ला पदाधिकारी, जिल्ला कमिटी, सन्धिखर्क नगर कमिटी, वडा नं. १ र २ वडा कमिटी जनसंगठनका जिल्ला पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु