

-अनिल नेपाली , अर्घाखाची डट्कम।
अर्घाखाची- किशोर किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी तिन दिने तालिमकाे बिहिवार देखि सन्धिखर्कमा शुभारम्म गरिएको छ ।

नगरपालिका र गाउँपालिकाका २० जना किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी सक्षम बनाउन र समुदायमा रहेका गर्भवती महिला तथा बालबालिकालाई

यौन र प्रजनन स्वास्थ्यको महत्व बुझाउने उदेश्यले सुरु गरीएको तालिम Ipas Nepal सहयोग र समाजसेवा तथा वातावरण र संस्कृति संरक्षण समुह (SSECPG) अर्घाखाँचीकाे आयोजनामा सुरु भएको हाे

तालिममा खासगरी किशोरी किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यमा सरसफाईको महत्व बुझाउने ,१९ बर्ष भन्दा मुनिका किशोर किशोरीलाई प्रजनन् अधिकार सुनिश्चित गर्ने , किशोर किशोरी मैत्री सेवाको बारेमा छलफल गर्न , स्वास्थ्य सस्थामा किशोर किशोरीहरूकाे भुमिकाकाे बारेमा छलफल गर्न तालिम आयोजना गरिएको बताएको छ ।

तालिममा आईपासका कार्यक्रम सयाेजक जिवन देवकोटा , लुम्बिनी प्रदेश सयाेजक बिष्णु बाबु देवकोटा अर्घाखाँची जिल्लाका कार्यक्रम अधिकृत आर्दश अधिकारी लगायतले तालिम ३ दिन सम्म दिने बताईएको छ ।

तालिम समाजसेवा तथा वातावरण र संस्कृति संरक्षण समुह (SSECPG) कार्यकारी प्रमुख लक्ष्मी पाैडेलकाे स्वागत मन्तब्य सहित शुभारम्म भएको थियोे।





