सन्धिखर्क नगरपालिकाको मुख्य स्थानको सार्वजनिक शौचालय प्रयोग विहिन (तस्बिर सहित)

-अनिल नेपाली ,अर्घाखाँची डट्कम। 

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित टुडिखेलमा ठिङ्ग उभिएको छ – एउटा सानो पक्की भवन टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको छ सार्वजनिक शौचालय यी लेखिएका शब्द पनि मुस्किलले पढ्न सकिन्छ।

शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । शौचालयको अगाडिपट्टि लेखिएका शब्दहरू नै फोहोरले नदेखिने अबस्थामा रहेका छन् ।शौचालय फोहोर नगरौँ भनेर ’ लेखिएका शब्दहरू समेत नबुझिने अबस्थामा रहेका छन् ।

No description available.

केही बर्ष अगाडि बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ। शुरुवादको समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो। शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफैं फोहर बनेको हो। सबै सरकारी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय भवन नजिकै ठुलो टुडिखेल मैदान छ ।

No description available.

जसमा जिल्लामा आयोजित प्राय खेल समेत आयोजना हुने गर्दछ । सुरुसुरुमा शौचालयले रमझम नै गरेको थियो। अहिले भने वार्षिक रूपमा पनि खुल्छ कि खुल्दैन, थाहै हुँदैन। जहिल्यै पनि खुला देखिन्छ। ‘शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन् ‘कहिलेकाहीँ साँझपख कहिलेकाही टुडिखेल घुम्न जाने अधिकाश मानिस त्यहाँ नजिक जान नसक्ने अबस्थामा पुगेका छन् ।

No description available.

images

यसरी राज्यको लाखौँ रुपैयामा बनाइएको सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन्। सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार भयो । तर त्यो प्रचार लामो समयसम्म टिकेन अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ भएको छ।

नगरपालिकाका मुख्य–मुख्य ठाउँमा आवश्यकता अनुसार बनाइएका सार्वजनिक शौचालय अहिले प्रयोग विहिन रहेका छन् ।

images

No description available.

No description available.

images