राष्ट्रिय व्याबसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण तथा अन्तरर्क्रिया गोष्ठी सम्पन्न (तस्बिर सहित )

– अनिल नेपाली , अर्घाखाची डट्कम।   

अर्घाखाँची – लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्विस कन्ट्याक्टको प्राबिधिक सहयोगमा राष्ट्रिय व्याबसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण तथा अन्तरर्क्रिया गोष्ठी आज अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ।

No description available.

शिक्षा समन्वय इकाई प्रमुख मनिराम पराजुलीको अध्यक्षता तथा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव मनोज कुमार गैरे , पाणिनी गाउँ पालिकाका उपाध्यक्ष श्री नर्मदा गौतम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव श्री थानेश्वर ज्ञवालीले सहभागीहरुलाई स्वागत गर्दै राष्ट्रिय व्यावसायीक योग्यता प्रणालीको कार्यान्वयनमा प्रदेश सरकारको भुमिका बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो।

No description available.

उहाले संबैधानिक रुपमा शैक्षिक प्रणाली कार्यन्वयनमा सरकारहरुको भुमिका, प्रदेशमा प्राविधिकधारका स्कुल/शिक्षालय तथा भर्नाको अवस्था, मन्त्रालयले थालनी गरेका कार्यक्रम तथा योजनाहरु, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यन्वयन सम्बन्धमा हालसम्म मन्त्रालयबाट भए, गरेका कार्यबारे बिस्तृतरुपमा जानकारी गराउनुभएको थियो ।

No description available.

उक्त अबसरमा नेपाल व्याबसायिक योग्यता प्रणाली परियोजना (NVQS-P)का लुम्बिनी प्रदेशका प्राविधिक संयोजक श्री सुक बहादुर चौधरीले नेपालको शैक्षिक प्रणाली, प्राविधिक सीप तथा रोजगारीमा तालमेलको अवस्था, राष्ट्रिय व्यावसायीक योग्यता प्रणालीको महत्व तथा सान्दर्भिकता र प्रदेशमा NVQS को कार्यान्वयनमा तिनै सरकार तथा निजि क्षेत्रको भुमिका बारे प्रकाश पार्नु भएको थियो भने परियोजनाका अनुगमन अधिकृत श्री प्रदीप गौतमले कुनै पनि तरिकाले (औपचारिक, अनौपचारिक तथा अरितिक) तरिकाबाट जुन सुकै पेशामा सिकेको ज्ञान सीप र दक्षताको राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरी प्रमाणीकरण गर्न CTEVT/NSTB ले थालनी गरिसकेको जानकारी दिदै पुर्व सिकाई मान्यता विधि (Recognition of Prior Learning-RPL)बाट सीप परिक्षण गरी योग्यताको प्रमाण प्राप्त गर्ने प्रकृया को बारेमा बिस्तृत जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पाणिनी गाउपालिका उपाधक्ष्य नर्मदा गौतम पौडेल तथा अन्य सहभागीहरुले सीप मानिसको जिबनको अनिबार्य आबश्यकता भएको बताउदै गुणस्तरीय प्राबिधिक दक्ष्य जनशक्ति विकास गर्न केन्द्र देखि स्थानीय तहसम्म सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिदै पूर्व सिकाइको मान्यता बिधि बाट सीप परिक्षण गर्न सकभर स्थानीय स्तरमै सेबा सुबिधा भएमा बढी भन्दा बढीले आफ्नो दक्ष्यताको प्रमाणीकरण गरि योग्यताको प्रमाणपत्र प्राप्त गरी थप वृत्ति बिकास गर्न सक्ने भएकोले सोहि अनुसार पहल गर्न अनुरोध गरेका थिए ।

No description available.

अभिमुखीकरण कार्यक्रममा जिल्ला स्थित ६ वटै पालिका प्रतिनिधि, सामाजिक विकास समिति संयोजक, शिक्षा अधिकृत, रोजगार संयोजक, अर्घाखाँची उधोग बाणिज्य सँगका पदाधिकारी, उधोगी/ब्यबसायीहरु, प्राविधिक धारका स्कुलका प्रतिनिधिहरु , प्राबिधिक शिक्षयालय प्रमुख, ब्यबसायी संघ/संगठनका प्रतिनिधिहरु तथा पत्रकार सहित जम्मा ५० जनाको को उपस्थिति रहेको थियो ।

सामाजिक विकास मन्त्रालयका उपसचिव मनोज कुमार गैरेले राष्ट्रिय व्यावसायीक योग्यता प्रणालीको सान्दर्भिकतालाई हालको परिबेशमा मन्त्रालयले अत्यन्त महत्वपूर्ण रुपले मनन गरेको र अब बन्ने शिक्षासँग सम्बन्धित नियम, कानुनले पनि यस बिषयलाई समेटेर लैजाने उल्लेख गर्नुभयो ।

No description available.

कार्यक्रमको सन्चालन सहजिकरण मन्त्रालयका शाखा अधिकृत लक्ष्मण प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

No description available.

गोष्ठीमा उपस्थित सहभागीहरुले प्रणाली कार्यान्वयनको अवस्था, CTEVT/NSTB बाट विभिन्न समयमा लिइने सीप परिक्षण तथा नतिजा प्रकाशबारेमा जिज्ञाशा राक्नु भएको थियो ।

No description available.

थप तस्बिर :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

अन्य समाचारहरु