लुम्बिनीमा ८५ हजार बढी विद्यार्थीले परीक्षा दिदै , अर्घाखाँचीमा १७ परीक्षा केन्द्रमा ३ हजार २ सय ७५ विद्यार्थी सहभागी

दाङ – आज बाट देशभर एसइई परीक्षा सुरू हुँदैछ। लुम्बिनी प्रदेशका १२ जिल्लाका ८५ हजार तीन सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालयले परीक्षाका लागि चाहिने प्रश्न पत्र र उत्तरपुस्तिका सबै जिल्लामा पठाइसकेको छ। परीक्षालाई मर्याादित बनाउन अनुगमनलाई समेत व्यवस्थित बनाउनेगरी जिम्मेवारी बाँडफाँट गरिएको बताएको छ।

यहाँका १२ जिल्लामा तीन सय ३४ परीक्षाकेन्द्र तोकिएको छ। यसपालिकाको एसइईमा लुम्बिनी प्रदेशबाट ८५ हजार तीन सय ८१ विद्यार्थी सहभागी हुन थालेको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवले जानकारी दिए।’हामीले गर्ने तयारी सबै पूरा भएको छ। सबै हिसावले परीक्षालाई मर्याादित बनाउनेगरी काम भएको छ।

52 Students Cannot Appear for SEE Exam from Chitwan | Collegenp

यस वर्षको एसइईमा सहभागी हुने सबैभन्दा बढी विद्यार्थी रुपन्देही जिल्लाका छन्। रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्र छन् भने त्यहाँबाट १८ हजार ७ सय ४० विद्यार्थी सहभागी हुँदैछन्। त्यसपछि दाङ जिल्लामा ४५ वटा परीक्षा केन्द्र रहेकोमा १३ हजार ४ सय ४८ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

सबैभन्दा कम विद्यार्थी रुकुम पश्चिम जिल्लामा छन्। जहाँ ८ वटा परीक्षा केन्द्र छन् भने एक हजार ९८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

नवलपरासीमा २२ परीक्षा केन्द्रमा ६ हजार ६२, पाल्लामा २७ परीक्षा केन्द्रमा ४ हजार पाँच सय ४६, गुल्मीमा २८ परीक्षा केन्द्रमा ४ हजार ७ सय २२, अर्घाखाँचीमा १७ परीक्षा केन्द्रमा ३ हजार २ सय ७५ विद्यार्थी सहभागी हुँदैछन् । कपिलवस्तु जिल्लामा २९ वटा परीक्षा केन्द्र छ। जहाँ ८ हजार ६ सय ९९ विद्यार्थी सहभागी हुँदैछन्।

images

यस्तै, रोल्पामा १९ परीक्षा केन्द्रमा ४ हजार ५१, प्युठानमा १६ परीक्षा केन्द्रमा ४ हजार एक सय ७२, बाँकेमा ३३ परीक्षा केन्द्रमा ८ हजार ८ सय ८६, बर्दिमा ३४ परीक्षा केन्द्रमा ७ हजार ६ सय ८२ विद्यार्थी सहभागी हुँदैछन्।

एसइई परीक्षामा नतिजा सुधारको लागि समेत लुम्बिनी प्रदेशमा विशेष कार्यक्रम लागु गरिएको थियो। यसपालि हुने परीक्षाबाट प्राप्त हुने नतिजाको आधारमा उपलब्धी मापन गर्न सकिने देखिन्छ।

images