गोली प्रहार गरिएका झालाई उपचारका लागि काठमाडौं लगिएको थियो । फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याए लगतै डाक्टरहरुले मृत घोषणा गरेका हुन् । उनी जनकपुर विमानस्थलमा हेलिकप्टर चढाउने बेलासम्म होसमै थिए ।
जनकपुर नगरपालिका वडा नं. ७ स्थित आफ्नै निवासमा बिहान साँढै ९ बजेतिर अपरिचित व्यक्तिले हानेको गोली उनको कोखामा लागेको थियो । जनकपुरमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको थियो ।
राजन मुक्तिले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र भूमिगत संगठनको नेता बताउने उज्जवल मुक्तिले सञ्चारकर्मीलाई फोन गरेर घट्नाको जिम्मेवारी लिएका छन् ।
यसैबीच झालाई सशस्त्र समूहले गोली प्रहार गरी हत्या गरेको विरोधमा महोत्तरीका सम्पूर्ण सरकारी कार्यालयहरू बिहीबार बन्द भएका छन् ।



