नेपाली शान्तिसेनाको राष्ट्रसंघमा मुत्तकन्ठले प्रसंशा

राष्ट्रसंघमा शान्ति सेनाबारे भएको छलफलमा  नेपाली सेनामा उपलब्ध तालिम र जनशक्ति गुणस्तरीय भएको ठहर गरिएको छ । नेपाली सेनाले मानव अधिकारका उल्लंघनका दोषीहरुलाई कारवाही प्रकर्यामा नलगेको भनेर अलोचना भइरकेको बेला राष्ट्रसंघको शान्त सेना हेर्ने निकायले यस्तो ठहर गरेको हो ।



राष्ट्रसंघको ६५ औं महासभाअन्तर्गत भएको छलफलमा शान्ति कार्यमा खटिएका नेपाली सेनाको समेत प्रसंशा गरिएको हो । असोज दोश्रो साता नेपाल आएका राष्ट्रसंघीय राजनीतिक मामिला उपमहासचिव वी लिन पास्कोले मुलुकमा शान्तिप्रकृयाको अनुगमन गरिरहेको राष्ट्रसंघीय  मिसन (अनमिन) र मानव अधिकार संरक्षणका क्षेत्रमा नकरात्मक काम गरेको भन्दै सम्बन्ध विग्रन सक्ने चेतावनी दिएको थियो ।



राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेना सहभागी भएको करिव ५० बर्षको अवधीमा शान्ति सेनाका रुपमा ५० हजार भन्दा बढि जावन तथा अधिकृतहरुलाई सामेल गरिसकेका छन् । जसमा ५० जनाको मृत्युसमेत भएको छ । शान्ति स्थापनामा नेपालको योगदान हाल पाँचौं स्थानमा छ ।



शान्तिसेनाको स्थापना सन् १९४८ मा भएको हो । बैठकले राष्ट्रसंघले शान्तिसेनामा संलग्न देश र यसको कामको लेखाजोखा गरेको थियो । राष्ट्रसंघमा बिहीबार विभिन्न विषयको प्रगति र आणविक विकीरणको प्रभावबारे छलफल भएको छ ।