

-अर्घाखाँची डट्कम ,अर्घाखाँची ।
सुर्योदय वोमि लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सन्धिखर्क अर्घाखाँचीको आयोजनामा १ दिने बेमौसमी लहरेबाली तरकारी खेती सम्वन्धी तालिम सन्धिखर्कमा सम्पन्न भएको छ। सम्बन्धित शाखाको आयोजनामा समयमै र मर्यादित रुपले स्थलगत रुपमा कार्यस्थलमै टनेल ब्यवस्थापनका साथ प्रशिक्षकद्धारा करिब ११० जना सदस्यहरुलाई तालिम दिएको थियो ।

कार्यक्रमको सन्चालन शाखा प्रमुख अनिल सुनारले गरेका थिए भने कार्यक्रममा कर्मचारी श्री चेतेन्द्र कालाथोकिले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रम शाखाकि सदस्य श्री मिना ज्ञवालिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त १ दिने बेमौसमी लहरेबाली तरकारी खेती सम्वन्धी तालिममा सन्धिखर्क नगरपलिका वडा न: ०२ का वडा अध्यक्ष, प्रशिक्षक श्री प्रबिन पौडेल, पत्रकार प्रेम नारायण आचार्य र दिपेन्द्र पौडेल ,क्षेत्रीय प्रमुख भरत कफ्ले, खनदह शाखाका प्रमुख चन्द्र्शिखर खडका, सम्बन्धित शाखाका शाखा प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सन्धिखर्क नगरपलिका वडा न: ०२ का वडा अध्यक्षले मन्तव्य राख्दै उत्पादित बस्तु बजारिकरणमा सह्जिकरण गर्न वार्डले सहयोगी भूमिका खेल्ने बताउनु भयो ।यसैगरी पत्रकार श्री प्रेमनारायण आचार्यले सबै किसानले तरकारि उत्पादन गरि बेचेर मनग्य आम्दानी गर्न सकिने साथै बिदेशिएका युवालाइ नेपालमै रोजगारि सिर्जना गर्न सकिने बताउनुभयो ।

यसैगरी कार्यक्रममा सुर्योदय वोमि लघुवित्त बित्तीय संस्थाका क्षेत्रीय प्रवन्धक भरत काफ्लेले आधुनिक प्रविधिको तरकारी खेतीले ग्राहक सदस्यको जिवनस्तरमा सुधार ल्याउने आर्थिक बृद्धिदर सुधार हुने धारणा ब्यक्त गर्नु भयो।

खनदह शाखा प्रमुखले हाम्रो कार्यक्रम सदस्य मुखि भएकोले सदस्यको सुबिधाका लागि जतिबेला पनि सेवा दिने बताउनुभएको थियो ।

तरकारीमा रोग किरा लागे किसान आफैले रोगकिरा व्यवस्थापन गर्न सक्ने, विउ उत्पादन मौसमी तथा वेमौसमी तरकारी खेतीका लागि सहभागीहरुको सिप, क्षमता र दक्षता वढाउनेबारे प्रशिक्षक श्री प्रबिन पौडेलले बताउनु भयो ।

साथै कृषि पेशामा संलग्न उपस्थित सदस्यहरुको लागि महत्वपुर्ण ज्ञान, सिप ,आर्जन, बृद्धि गरी व्यवसाय गर्दा व्यवहारीक वनाउने शाखा प्रमुख श्री अनिल सुनारले सहभागीलाई बताउनु भयो ।

शाखामा तरकारी खेति गरिरहेका र गर्न ईच्छुक उपस्थित सदस्यहरूलाई लक्षित गर्दै लहरे बाली जस्तै हाईब्रेड लौका, करेला, बोडी, काक्रो, घिरौला र टमाटर आदिको टनेल कसरी बनाउने, यस सम्बन्धिको प्रशिक्षण, नर्सरीमा आवस्यक माटो तयारी, बिउ रोप्ने तरिका, आईलाग्ने रोग तथा संक्रमणमा आउने किरा लगायतका विभिन्न उपायहरुको बारेमा तरकारी खेति सम्बन्धी तालिम र सहजिकरण गरिएको हो ।

जाडो मौसम सकिएर गर्मि सुरू भएसंगै बर्खाको सिजन अनुसार तरकारी खेती गर्दा कृषकहरूलाई पुग्ने फाइदाको बारे तालिममा सहजिकरण गरिएको थियो । कार्यक्रमको करिब १ महिनापछि उपस्थित भएका सबैलाइ निजहरुले सिकेर तयार पारेका (उम्रिएका) तरकारीहरूको बोटहरु बितरण गरिने समेत बताउनुभयो।

उक्त कार्यक्रममा एक सदस्यले आफ्नो भनाईहरु राख्दै संस्थाले आयोजना गरेको यस कार्यक्रमले सदस्यहरुलाई तरकारीमा आत्मनिर्भर बनाउने साथै ठाउं ठाउंमा संस्थाबाट सञ्चालन हुने समुह बैठकमा आबद्ध सदस्यहरु मिलि आफ्नै टोलमा यस तालिम अनुसार सामुहिक रुपमा नर्सरी व्यवसाय गर्न सकिने जसको फलस्वरुप एक घर

एक नर्सरी व्यवसाय गरी बिरुवा बिक्री गरी मनग्य आम्दानी गर्न सकिने भएको हुदा यस कार्यक्रम महिलाहरुको व्यवसायिक प्रेरणाको स्रोत समेत रहेको बताउनुभयो ।

अन्तत ग्राहक सदस्यहरुलाई यस्ता किसिमका आत्मनिर्भर बनाउने तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सबै शाखाहरुले गर्दे आएको भनि क्षेत्रीय कार्यालय सुनवलका क्षेत्रीय प्रबन्धक श्री भरत काफ्लेले बताउनुभयो ।

थप तस्बिर – दीपेन्द्र पौडेल ,अर्घाखाची डट्कम।















