जेष्ठ कम्युनिस्ट नेतृत्वलाई अर्घाखाँचीमा नेकपाले गर्‍यो सम्मान (तस्बिर सहित)

-अनिल नेपाली, अर्घाखाँची।
अर्घाखाँची ४ बैशाख –  नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार आज जिल्लामा रहेका जेष्ठ कम्युनिस्ट नेतृत्वलाई भेटघाट तथा सम्मान गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा न १२ निबासी ७८ बर्षीय टामलाल बस्याल (प्रबास) सन्धिखर्क नगरपालिका वडा न ८ का ७७ बर्षीय रामचन्द्र पोख्रेललाई डोसल्ला ओढाएर उहाँहरुकोे निबासमा पुगी सम्मान गरेको छ ।
No description available.
सम्मान कार्यक्रम नेकपाका जिल्ला ईन्चार्ज खेम घर्ती माहुरी नेता डिल बहादुर विक लगायतका नेताहरु ज्ेष्ठ कम्युनिस्टको घरमा पुगी ७५ औ कम्युनिस्ट स्थापना दिबसको अबसरमा केन्द्रिय कार्यक्रम अनुसार सम्मान गरेको बताइएको छ ।
No description available.
कार्यक्रममा मन्तब्य राख्दै नेता घर्तीले विशिष्ट योगदान गरेका कम्युनिस्ट आन्दोलनमा जीवन व्यतित गरेका नेताहरुलाई सम्मान गदै नेपालमा कम्युनिस्ट आन्दोलन प्रतिको उचाई र सद्भाबलाई एकताबद्ध गदै नेपालमा एकीकृत जनक्रान्ति प्रतिको मोहलाई थप उचाईमा पु¥याउनु आजको आबश्यकता भएको बताउदै जिल्लामा रहेका विभिन्न कम्युनिस्ट नेतृत्वलाई सम्मान गर्ने नेता घर्तीले बताउनुभएको छ ।
सम्मान कार्यक्रममा मन्तब्य राख्दै टामलाल बस्याल प्रबासले आफु २०२९ नेकपा मालेका महासचिब सिपि मैनालीले कोडिसेन कमिटिको सदस्यता प्राप्त गरेर कम्युनिस्ट आन्दोलनमा लागेर कम्युनिस्ट आन्दोलनका विभिन्न आरोह अबरोधमा प्रत्यक्ष जिम्मेबारी लिनुभएको छ ।बस्याल पटकपटक हिरासत जनयुद्धका घाइते हुनुहुन्छ उहाँ नेकपाका जिल्ला सल्लाहकार हुनुहुन्छ ।
सम्मान कार्यक्रममा मन्तब्य राख्दै रामचन्द्र पोख्रेलले २०१९ सालमा बनारस युनिटबाट कम्युनिस्टको सदस्यता प्राप्त गरेर कम्युनिस्ट आन्दोलनमा लागेको बताउदै अहिले कम्युनिस्ट गैर कम्युनिस्ट कुन हो भनेर देशमा छुट्टाउन नसक्ने अबस्थामा नेकपाले गरेको अभियानको मनन्योग्य रहेको बताउदै कम्युनिस्टले देशमा भ्रष्टाचार गरेर काग्रेस भन्दा बढी प्रतिक्रियाबादीको सज्ञा दिएको बताए।  देशमा सच्चा कम्युनिस्टहरु एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।

अन्य समाचारहरु