अर्घा रजस्थल माबि द्वारा आयोजित बिदाई कार्यक्रममा अक्षय कोष स्थापना (तस्बिर सहित )

1

– एन भट्टराई ,अर्घाखाची ।

सन्धिखर्क – आज सन्धिखर्क नगरपालिका वार्ड न. ९ मा अवस्थित अर्घा रजस्थल माबीले एक कार्यक्रम आयोजना गरि शिक्षक विद्यार्थी बिदाई एव स्वागत तथा शुभकामना कार्यक्रम सम्पन गरेको छ ।

No description available.

दुई चरणमा सप्पन्न कार्यक्रमको पहिलो चरणमा भगवती मा.बि. सङ्खेटारीमा सरुवा भई जाने शिक्षक बेल बहादुर मुखियाको बिदाई एवं बैधनाथ मा बि बामरुक बाट सरुवा भई आउनु भएकी शिक्षिका पार्वता खनाल र शिक्षक सेवा आयोगबाट पदस्थापन भई आउनु भएकी शिक्षक सीता के सि को स्वागत गरिएको थियो ।

No description available.

त्यसै गरि दोस्रो चरणमा कक्षा ११का विद्यार्थी द्वारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई एवं परिक्षा सफलता शुभकामना ब्यक्त गरिएको थियो ।

No description available.

पहिलो चरणको कार्यक्रम बिधालय प्र .अ निरज भट्टराईको अध्यक्षतामा, सनपा ९ का वार्ड अध्यक्ष पदम प्रसाद भुसालको प्रमुख आथित्थतामा सम्पन्न भएको थियो ।

No description available.

कार्यक्रमको संचालन शिक्षक छबिलाल चुदालीले गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रमको अध्यक्षता कक्षा ११ का छात्र अभय रायमाझीले र संचालन कक्षा ११ का छात्रा स्नेहा परियारले गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा प्रमुख अतिथी वार्ड अध्यक्ष पदम प्रसाद भुसाल, प्रअ निरज भट्टराई , शिक्षक छबीलाल चुदालि, चुडामणि खत्री, नारायण खनाल , बल बहादुर रायमाझी,

No description available.

छबिलाल भुसाल , झुमा रायमाझी, कक्षा ११ का छात्रा तिर्सना बिक, मन्जिता राउतले बिदाई एवं शुभकामना मन्तव्य राख्नु भएको थियो साथै बिदाई भई जाने शिक्षक बेल बहादुर मुखिया र कक्षा १२ कि छात्रा अनुसा रायमाझीले धन्यवाद दिनु भएको थियो ।

No description available.

नव आगन्तुक शिक्षक द्वय पार्वत खनाल र सीता के शि ले बिधालयको शैक्षिक गुणस्तरका लागि आफ्नो प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

No description available.
यसै बीच बिदाई भई जाने शिक्षक बेल बहादुर मुखियाले आधारभुत तहको अन्तिम परिक्षा कक्षा ८ मा नेपाली विषयमा सबैभन्दा उच्चतम अक ( जिपिए ) ल्याउने छात्रछात्रा को प्रोत्साहनका लागि रु १०००० (दस हजार ) को बिबिएम छात्रवृत्ति अक्षयकोष रकम बिधालय प्रअ निरज भट्टराईलाई हस्तान्तरण गर्नु भएको थियो ।

images

अन्य समाचारहरु