बल्कोट संपर्क समाज युएईद्वारा बल्कोट स्कुललाई आर्थिक सहयोग

-उमकान्त पाण्डे

युएई, बैशाख २३ – बल्कोट संपर्क समाज युएईले अर्घाखाँचीको स्थानीय गाउंको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । समाजले अर्घाखाँचीको बल्कोट ४ मा रहेको महेन्द्र बिध्याबोध माद्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

No description available.

समाजले बिध्यालय स्थापनाको ६० औ बर्ष पुरा गरेको अवसरमा आयोजित हीरक महोत्स्वव बिशेष कार्यक्रममा १ लाख ८४ हजार ९ सय ५६ रुपैया आर्थिक सहयोग गरेको हो । बल्कोट हाइस्कुलको रुपमा परीचित सो बिधलायले गएको हप्ता साता ब्यापी कार्यक्रम गरेर गत बुधवार एक बिशेष कार्यक्रम गरी हीरक महोत्सव मनाएको थियो । सो हीरक महोत्स्ववको अवसर पारेर प्रमुख अतिथीको रुपमा सभामुख देबराज घिमिरे तथा बिशेष अतिथीको रुपमा सो क्षेत्रका सासंद टोपबहादुर रायमाझी , पुर्व उपशभामुख पुष्पा भुसाल, लगायतको उपस्थिती थियो ।

बिधलायको हीरक महोत्सवको अवसरमा आयोजित बिशेष कार्यक्रममा बल्कोट सम्पर्क समाज युएईले २१ दिन लगाएर सन्कलन गरेको सो रकम समाजका प्रतिनिधिहरु कोषाध्यक्ष शेशकान्त न्यौपाने, सदस्य सुदिप पोखरेल, बिक्रम कुमाल, बाबुराम पौडेल लगायतको उपस्थितीमा बिधालयलाई हस्तान्तरण गरेको समाजका सचिव राहुल कुमाल मुस्कानले बताउनुभयो ।

बिधलायको स्तर उन्नती तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग हुने गरी बिधलायले आर्थिक सहयोग गर्न गरेको अनुरोध अनुरुप युएईमा रहेको बल्कोट अर्घाखाँची संपर्क समाजले युएई तथा खाडीमा रहेका बल्कोटेहरु मार्फत रकम सन्कलन गरेर बिधलायलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष उमाकान्त पाण्डेले जानकारी दिनुभयो ।

समाजले यस् अघी पनि गाउंमा बिभिन्न तरिकाले सहयोग गर्दै आएको छ ।

images

 

अन्य समाचारहरु