

अर्घाखाँची डटकम – समाजबादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनबाट सागर परियारको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा बिक्रम अचार्य,सरु सुनार,सचीव नवीन रसाइली सह सचिब पुजा कुवर, कोषाध्यक्ष भावना घिमिरे लगायत नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनको नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य मोहन गौतमद्वारा उद्घघाट्न तथा प्रेस लुम्बिनी डटकम द्वारा प्रकाशित क्यालेन्डरको समेत बिमोचन गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धी प्रसाद भुसाल सचीव युबराज पौडल, जिल्ला कार्यालय सदस्य योगेन्द्र खडका,पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनाल,प्रेस सगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल,पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र केसी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रिशिराम भुसाल,प्रगतिशील पत्रकार संगठनका केन्द्रिय सचिब गोपाल भट्टराई, लगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न मिडियाका क्रियाशील पत्रकार हरुको उपस्थिति रहेको थियो । कार्यक्रम अशोक चौहानको संचालन बिक्रम आचार्यको स्वागत मनतब्य र नवीन रसाइलीको संचालनमा सम्पन्न भएको छ ।





