

-केशब घिमिरे ,अर्घाखाची डट्कम।
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ खाँचिकोटमा नेकपा एमाले जिल्ला कार्यसमितिले आज शोक सभा सम्पन्न गरेको छ ।

कर्चापे निवासी गौरबसालि पार्टी नेकपा एमाले सन्धिखर्क नगरपालिका वार्ड न. ७ खाँचीकोटका टोल कमिटी अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल पूर्व जिल्ला कमिटी सदस्य क. स्व. सुरत ब.थापा को ५ औ दिनको पुण्यतिथिको अबसरमा एमालेले शोक सभा सम्पन्न गरेको हो ।

शोक सभा कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य रामजि प्रसाद घिमिरे, जिल्ला कमिटि अध्यक्ष पिताम्बर भुसाल,श्रेत्रिय कमिटि सह ईन्चार्ज कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला कमिटि सदस्य रेशम बहादुर थापा,मिश्रा आचार्य,देबि थापा,सुष्मा श्रेष्ठ,कमला भण्डारी,लक्ष्मण कंडेल,मेनुका पौडेल ,चुरा बहादुर केसि,श्रीधर महत्रा सन्धिखर्क नगर कमिटी सचिब कुशल भुसाल,सरस्वती

खड्का ,डुकलाल पोख्रेल,मिना ज्ञवाली,दुमन थापा,खिमान्नद आचार्य ,अरुण रायमाझी सन्धिखर्क युवा संघ अध्यक्ष प्रकाश थापाले स्वर्गीय थापाको निधनले एमालेलाई अपुरणिय क्षति पुगेको र उहाँले देखाएको बाटोमा आफुहरु सँधै अगाडि बढ्ने बताउनुभएको छ ।

साथै उहाँहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गदै शोकाकुल घरपरिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । कार्यक्रममा एमाले स न पा ७ युबा संघ सचिब केशब घिमिरे,सदस्य सुनिल केसि, लगायतको उपस्थिती रहेको थियो ।

श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम सम्पन्न भएको हो । स्वर्गीय सुरत बहादुर थापाको गएको जेष्ठ ०२ गते ४० बर्षको उमेरमा निधन भएको थियो ।






