प्रधानमन्त्री प्रचन्डले भारत भ्रमणमा राष्ट्रघात गरेको मनोज भट्टको आरोप

अर्घाखाँची डटकम

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले कालापानीको विकल्प खोज्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयाेजना गरेको विरोध सभामा बोल्दै महासचिव भट्टले प्रचण्डले भारत भ्रमणमा राष्ट्रघात गरेको आरोप लगाउनुभयो । सयौं वर्षदेखि हाम्रा वीर पुर्खाहरुले रगतको मूल्य चुकाएर लडेर बचाएको भूमीलाई भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले चितवनको घडेरी कास्कीको घडेरीसँग साटेजस्तो गरेको बताउनुभयो ।

No description available.

1

‘हाम्रो भूमी तपाईंका जिजु बाजेले कमाएको पैत्रिक सम्पती होईन । तपाईंले आफ्नो सत्ता जोगाउनको लागि नेपालको भूमी भारतको भूमीसँग सट्टापट्टा गर्ने तपाईलाई कुनै अधिकार छैन’ भट्टले भन्नुभयो, ‘हाम्रो भूमी तपाईंको काठमाडौ, चितवन र कास्कीको घडेरी होईन । भूमीसँग भूमी साट्ने कुरा नेपाली जनतालाई कदापी सह्य हुने छैन । यदि त्यसो गर्नु भयो भने तपाइँले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने छ ।’  भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतले कब्जा गरेको कालापानी क्षेत्रको विकल्पमा बंगलादेशसम्म जाने बाटो लिनसकिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।  राष्ट्रघाती नागरिकता विधेयकको खारेजी र भारतद्वारा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको भन्दै शनिबार सन्धिखर्क शान्ती बगैचा चोकमा विरोध सभाको आयोजना गरेको हो । विरोध सभालाई सम्बोधन गर्दै महासचिव भट्टले भारतको संसदमा नेपाली भूमि समेत समावेश गरिएको नक्सा सार्वजनिक गरेर साम्राज्यवादको असली रूप देखाएको बताउनु भयो ।

1

उहाँले भारतले नेपालको सयौं ठाउँमा हज्जारौं हेक्टर जमिन कब्जा गरेको, अहिले पनि नेपाली भूमी कालापानीमा भारतीय सैनिक अखडा राखेको, सुस्ता, पशुपतिनगर लगायतका सयौं ठाउँमा नेपालको भूमि अतिक्रमण गरेको बताउँदै भारतीय शासक वर्गको हेपाह प्रवितृका विरूद्ध राष्ट्रिय जनमोर्चा चरणबद्ध अन्दोलनमा रहेको बताउनु भयो ।

images

No description available.

images

महासचिव भट्टले संघीयताका कारण देशको साधारण खर्च अस्वभाविक रूपमा बढ्न गई देशको अर्थतन्त्र धराशायी हुन पुगेको बताउनु भयो । आफ्नो पार्टीले शुरूदेखि नेपालका लागि संघीयता गलत भन्दै विरोध गरेको तर ठूला भनिएका पार्टीहरूको हठका कारण संघीयता लागू भएको बताउँदै संघीयता खारेज नभए देश असफल राष्ट्रमा परिणत हुने र यहि मौका छोपी छिमेकीले हाम्रो भूमी झन् धेरै हडप्ने बताउनु भयो । विरोध सभालाई राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले सञ्चालन गर्नु भएको थियो।

images

images