केशब राज ज्ञवाली अर्घाखाँची डटकम
नेपाली काङ्ग्रेस अर्घाखाँचीले वडा , पालिका , प्रदेस क्षेत्र र जिल्ला सम्मेलनको पुर्ब तयारि स्वरुप आयोजना गरेको पार्टी का अगुवा नेताहरुका लागि अभिमुखिकरण कार्यक्रम बि . पि. स्मृति भवन सन्धिखर्कमा भएको छ । नेपाली काङ्ग्रेस का जिल्ला सभापति केसब श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा जनता संग काङ्ग्रेसलाई नया शैलिमा लैजानुपर्नेमा नेताहरुले जोड दिएका थिए ।


जनता संग रुपान्तरित काङ्ग्रेस भन्ने मुलनाराका साथ नेपालि काङ्रेसले संगठन बिस्तार तथा सुधृढिकरण अभियान २०८० देशभर चलाइरहेको छ । सोही अभियान अन्तर्गत अर्घाखाँचीमा पालिका स्तरिय कार्यक्रम गरिसकेको काङ्रेसले वार्ड स्तरिय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हरु पनि गरेको छ ।
अर्घाखाँची काङ्ग्रेसले अब छिट्टै अर्घाखाँचीमा वारड स्तरिय , पालिका स्तरिय , क्षेत्रीय , र जिल्ला सभा सहित सम्मेलन गर्ने तयारी पनि गरेको बताइएको छ ।







