पत्रकार महासंघको शुद्धीकरण अभियान : अर्घाखाँचीमा कसैले देखाएनन नैतिकता, दलका केन्द्रिय सदस्य देखि स्थायी शिक्षक सम्म सदस्य ।

फाइल तस्बिर:

1

-अर्घाखाँची डट्कम।

अर्घाखाँची – नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियानलाई तिब्रता दिएसंगै महासंघ भित्र गैरपत्रकार कति छन् भन्ने बिषय अहिले चर्चामा छ । नेपाल पत्रकार महासंघले १५ बुदे ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ सार्वजनिक गरेको छ । जसको बुदा नम्बर ७, ८, ९ र १० कस्ता सदस्यहरु शुद्धिकरणमा पर्दछन भन्ने स्पष्ट उल्लेख गरीएको छ ।

1

लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुले शुद्धिकरणलाई तिब्रता दिएका भए पनि गुल्मी शाखामा बाहेक अन्यत्र प्रभावकारी भने भएको देखिदैन । यस्तै सानो क्षेत्रमा धेरै पत्रकार भएको छवि बनाएको अर्घाखाँची जिल्लाको महासंघ शाखाका १३३ सदस्य मध्ये अधिकांश सदस्यहरु गैरपत्रकार रहेका छन् ।

ती मध्ये केही राजनीतिक दलमा क्रियाशिल रहेका, केही निर्वाचनमा उम्मेदवार बनेका, केहीले पत्रकारिता पेशा नै पूर्ण रूपमा छाडेका, केही सरकारी तथा गैरसरकारी निकायमा कर्मचारीको रूपमा कार्यरत रहेका, कोहि स्थायी शिक्षक , केही उद्योग ,व्यवसाय सञ्चालन गरेर बसेका छन् त केही विदेश समेत छन् । तर महासंघ अर्घाखाँची शाखाले जिल्लामा त के कुरा बिदेशमा रहेका आफ्ना सदस्यको सदस्यता खारेज गर्न सकेको छैन ।

सदस्यता त्यागका उदाहरण

पछिल्लो समय सक्रिय पत्रकारीतामा नरहेका सहयोगी बि .सी. ले पूर्णरुपमा राजनीतीमा सक्रिय रहने भन्दै सदस्यता त्याग गरेको घोषणा सहित निवेदन दिए उनि महासंघको सदस्यता स्वतस्फूर्त त्याग गर्ने अर्घाखाँचीको पहिलो ब्यक्ती पनि हुन । यसै गरी २०७९ मंसिर ४ गते भएको संघीय र प्रदेशसभाको निर्वाचन अन्तर्गत हरी प्रसाद भुसाल प्रतिनिधिसभा सदस्य पदको उम्मेद्बार बने उनले दलिय सदस्यता र पत्रकार महासंघको कार्ड संगै खल्तीमा नबोक्ने भन्दै दलिय सदस्यता लिएकै दिन महासंघको सदस्यता त्याग गरे ।

images

तर २०७९ बैशाखको स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट सन्धिखर्क -१२ मा वडाअध्यक्ष पदको उम्मेद्दवार बनेका पत्रकार महासंघका सदस्य बसन्त श्रेष्ठले भने न त उम्मेद्बारी दिदा सदस्यता त्याग गरे न त महासंघलेनै राजनीतिक पदको उम्मेद्बार बनेपछी त्याग गर्न लगायो त्यसैले उनको सदस्यता कायमै छ ।

राजनितिक दलका केन्द्रिय सदस्य देखि स्थायी शिक्षक र कर्मचारी पत्रकार ।

images

पत्रकार महासंघ अर्घाखाँचीमा बिभिन्न राजैतीक दलका नेतृत्व तहका ब्यक्तीहरु नेपाल सरकारका कर्मचारी , स्थायी शिक्षकहरुको पनि सदस्यता रहेको छ ।
महासंघको गत अधिवेशनमा सन्धिखर्क नगरपालिकाको उप प्रमुख थिए  ठाकुर बि. क. , उनी उप प्रमुख पदमा रहदा महासंघ अर्घाखाँची शाखाको नेतृत्वको लागि मतदान गरेका हुन ।

हाल उनी माओबादी केन्द्रको केन्द्रिय सदस्य छन, यस्तै माओबादी नेतृ छमकुमारी खनाल , जिल्ला सदस्य बिष्णु ढुङ्गाना लगायतको सदस्यता कायम छ ।

images

1

उधोग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्र , रेडक्रस अर्घाखाँची शाखाका सभापती कुशल भुसाल , अनेरास्ववियुका केन्द्रिय सदस्य प्रदिप नेपाली , नेकपा समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान , जनमोर्चा अर्घाखाँचीका जिवलाल पौडेल ,भगवती माबी शंखेटारिका शिक्षक शोभाखर पन्थी पनि महासंघ सदस्य हुन ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह – महामन्त्री बिष्णु मुस्कान भु सन्देश साप्ताहिकको सम्पादक हुदा कायम भएको सदस्यता हाल सम्म कायम थियोे ।

उनले महासंघ अर्घाखाँची शाखाले शुद्धीकरणमा साथ दिन अनुरोध गर्दै सुचना निकाले पश्चात बिज्ञप्ती निकालेर सदस्यता त्याग गरेको घोषणा गरे । त्यस्तै महासंघ अर्घाखाँची शाखाका सदस्य माया भुसालले पनि सदस्यता त्याग गरिन । यो समाचार तयार पार्दा सम्म यी दुई बाहेक अन्यको शुद्धीकरणमा सहयोग भएको छैन ।

महासंघको शुद्धीकरण अभियानको निर्देशन अनुरुप पत्रकार महासंघ अर्घाखाँचीले एक बिज्ञप्ती सार्वजनीक गर्दै पत्रकारीतामा सकृय नभएकाले स्व:स्फुर्त सदस्यता त्याग गर्न अनुरोध गरेको त थियो । तर उक्त बिज्ञपति मात्र प्रक्रियामा सिमित हुने देखिएको छ ।

Nepal life insurance

केन्द्रको सर्कुलर टार्दै महासंघ अर्घाखाँची

शुद्धिकरण मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गराउने सवालमा महासंघको अर्घाखाँची नेतृत्व भने कटिवद्ध देखिएको छैन । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार जेठ १० गते भित्र महासंघको नयाँ सदस्यता खुल्ला गर्नुपर्ने भनिएता महासंघ अर्घाखाँचीले नयाँ सदस्यता सम्म खोल्न सकेको छैन ।

‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ को बुदा नं. ४ मा भनिएको छ “नयाँ सदस्यको हकमा हरेक शाखा समितिले जेठ १० गतेसम्म आवेदन लिने, आवेदनका क्रममा कहिलेदेखि कुन मिडियामा काम गरेको भन्ने प्रष्ट खुल्ने कागजात संकलन गर्ने र विधानको व्यवस्थाको पूर्ण कार्यान्वयन गरेर व्यक्तिगत फाइल नै खडा गर्ने ।

नयाँ सदस्यताको आवेदन उपर शाखा समितिले निर्णय लिएर प्रदेश समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिले उक्त नामका सन्दर्भमा विवरण सहित सार्वजनिक गर्ने र जेठ २५ गतेसम्म उजुरी आव्हान गर्ने ।

प्रदेश समितिले असार १ गतेसम्म नयाँ सदस्यता स्वीकृति गरी अभिलेखका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने ।” तर अर्घाखाँची शाखा भने शुद्धीकरणको बिषयमा एउटा बिज्ञप्ती निकालेर आनन्द लिएको छ।

हुन्छ कि हुदैन अर्घाखाँचीमा शुद्धीकरण ?

शुद्धीकरणका सन्दर्भमा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले सबैको चित्त बुझ्ने र सर्वत्र प्रशंसा हुनेगरी शुद्धीकरण गरिने बताए । शुद्धिकरण अभियानको लागि बिश्नु भुसालको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल जारी रहेको पनि उनको भनाइ छ । अध्यक्ष खनालले पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका तर महासंघको सदस्यता नभएकाहरुलाइ सदस्यता प्रदान गरिने पनि बताएका हुन । नया सदस्यता आव्हानको प्रक्रियामा महासंघ अर्घाखाँची रहेको उनको भनाइ छ ।

कसरि भयो अर्घाखाँचीमा भद्रगोल ?

बिगतका दिनमा पत्रकारिता गर्नेहरु कम मात्रामा भेटिन्थे ,अर्घाखाँचीको बिगत हेर्दा भु -सन्देश साप्ताहिकको सम्पादक बनेका बिश्नु मुस्कान , निम बहादुर रिजाल , बुलन्द पत्रीकाका राम बहादुर चौहान , सहयोगी बि .सि लगायतले पत्रकारितामा योगदान गरेको देखिन्छ। त्यतिबेला कम संख्यामा पत्रकार भएता पनि महासंघ अर्घाखाँची शाखा स्थापना भयो । त्यसपछि महासंघको सदस्यता थप गर्दा राजनितिक भागबन्डा सुरु भयो र यसले चरम बिकृत रुप लियो ।

1

बढी भन्दा बढी सदस्य आफ्नो भागमा पार्ने र महासंघमा प्रभाव राख्ने लक्ष्यमा जिल्लाका राजनितिक दल लागि परे, त्यसैको निरन्तरता अहिले सम्म पनि कायम रहेको छ ।