
केशबराज ज्ञवाली
नेपाली काङ्ग्रेस अर्घाखाँचीले जिल्लाका ६१ वटै वार्डमा आज असार ९ गते एकै पटक वार्ड समेलन गरेको छ । नेपाली काङ्रेसको बिधान २०१७ को नवौ संशोधनमा ब्यबस्था भए अनुरुप प्रदेश, जिल्ला, पालिका तथा वार्ड सम्मेलनहरु गर्ने निर्णय काङ्ग्रेस अर्घाखाँचीको जेष्ठ ३२ गते बसेको बैठकले गरेको थियो ।

सोही निर्णय अनुरुप काङ्ग्रेस अर्घाखाँचीले अनुरोध सुचना जारी गर्दै वार्ड सम्मेलनमा सहभागी हुन सम्पुर्ण तहका पार्टि पदाधिकारी , क्रियाशिल सदस्य , साधारण सदस्य , शुभेच्छुक र शुभचिन्तक सबैलाइ वार्ड सम्मेलनमा उपस्थित हुन अनुरोध पनि गरेको थियो ।

कांग्रेसको संगठन सुध्रिढिकरण , पार्टी रुपान्तरण सहितको नारा बोकेर काङ्रेस अर्घाखाँचीले यो वार्ड सम्मेलन पछि अब पालिका , प्रदेश क्षेत्रीय , र जिल्ला सम्मेलन गर्ने तयारी गरिरहेको बताइएको छ । काङ्ग्रेस अर्घाखाँचीले वार्ड सम्मेलनहरु भब्य र सभ्य रुपमा सम्पन्न गर्न ६१ वटै वार्डमा जिल्ला प्रतिनिधि खटाइ उनिहरुको उपस्थितिमा सम्मेलन गराएको हो ।
वार्ड सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु भएको बताइएको छ । कतिपय वार्ड हरुमा भने पार्टी प्रती विशेष योगदान पुर्याउनुहुने लाई बिशेष सम्मान पनि गरिएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।




