छत्रदेब-२ बल्काेटमा नेपाल इन्भेष्टमेन्ट मेगाबैंक नेपाल लिमिटेडको एक्सटेन्सन काउन्टरकाे सेवा शुभारम्भ (तस्बिर सहित)

-केशब पन्थी,अर्घाखाँची ड्ट्कम।

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर २ बल्काेटमा नेपाल इन्भेष्टमेन्ट मेगाबैंक नेपाल लिमिटडले एक्सटेन्सन काउन्टरकाे सेवा शुभारम्भ गरेकाे छ ।

May be an image of 7 people

काउन्टरकाे छत्रदेव गाउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि शर्मा पन्थीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएकाे थियाे ।

1

एक्सटेन्सन काउन्टरकाे उद्घाटन गर्दै छत्रदेब गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले गाउमै बैङ्किङ्ग सेवा सञ्चालबाट गाउँपालिकालाई आर्थिक रूपमा सम्पन्न बनाउन टेवा पुग्ने बताउनुभयाे । प्रमुख अथिति समेत रहेका उहाले काउन्टरबाट सामाजिक सुरक्षा भत्ता लिन सन्धिखर्क धाउनुपर्ने बाध्यता हटेकाे बताउनुभयाे ।

May be an image of 9 people

गाउँपालिका उपाध्यक्ष मनी शर्मा पन्थीले एक्सटेन्सन काउन्टरबाट गाउँपालिका बासीले छिटाे छरितो सेवा र सेवाग्राही मैत्री व्यवहार पाउनेमा आफू विश्वथ रहेकाे बताउनुभयाे । उहाले गाउँपालिकाबासीलाई स्थानीय सरकारकाे अनुभूति दिलाउन र बैंकिङ्ग सेवा लिन सन्धिखर्क धाउनु पर्ने बाध्यता हटेकाेमा खुसी व्यक्त गर्नुभयाे।

No description available.

images

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले पालिका भित्र आएका सबै बैंक तथा बित्तीय संस्थालाई टिकाउनु पर्नेमा जाेड दिनुभयाे । राज्यले सबै ठाउमा सबै खाले सेवा दिन नसक्ने परिस्थितिमा नीजि क्षेत्रकाे अवधारणा ल्याएकाे भन्दै बैंकले छत्रदेबकाे आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने बताउनुभयाे ।

May be an image of 4 people

images

कार्यक्रममा छत्रदेब गाउपालिका वडा नं ३ का अध्यक्ष तेजप्रसाद खनाल, २ का वडाध्यक्ष शंकर प्रसाद पाण्डे, पूर्व वडाध्यक्ष राजेश कुमार पन्थी, नेपाल इन्भेष्टमेन्ट मेगाबैंक नेपाल लिमिटेडका अर्घाखाचीका शाखा प्रबन्धक लक्ष्मण क्षेत्री लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।

 

images

May be an image of 4 people and text

कार्यक्रम सन्धिखर्क शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीकाे अध्यक्षता, बैंकका कर्मचारीहरू श्रृजन भुसालकाे सञ्चालन, इश्वरी पाण्डेकाे स्वागत मन्तब्यमा कार्यक्रम सु- सम्पन्न भएको थियो।

थप तस्बिर :

May be an image of 9 peopleMay be an image of 8 peopleMay be an image of 7 peopleNo description available.May be an image of 4 peoplead

Nepal life insurance