रोजगारी सृजना बजेटको प्राथमिकताः सरकार

सरकारले रोजगार सृजना गर्ने किसिमका कार्यक्रमलाई उच्च प्राथमिकता दिएर बजेट ल्याउने भएको छ ।व्यवस्थापिका संसदको अर्थ समितिलाई बजेटको विषयमा विहीबार जानकारी गराउँदै अर्थमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकता दिएर बजेट ल्याउन लागिएको बताउनुभयो ।रोजगार सृजना गर्ने किसिमका कार्यक्रमलाई प्राथमिकता दिएर करिब ३ खर्ब ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी भइरहेको अर्थमन्त्री पाण्डेले जानकारी दिनुभयो ।


 


सरकारले बजेट मार्फत् पाँचसय जनालाई रोजगारी दिने उद्योगको सुरक्षका लागि उद्योगमै प्रहरी विटको स्थापना गर्ने तयारी भएको उहाँले बताउनुभयो ।अर्थ मन्त्री पाण्डेले बजेटमा शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रको सुधारलाई उच्च प्राथमिकता दिइएको बताउनुभएको हो ।उहाँले युवा स्वरोजगार, दलित विबाह प्रोत्साहन भत्ता लगायत विगतका कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताउनुभयो ।


 


मन्त्री पाण्डेले सडक र पूल निर्माणलाई सरकारले पर्याप्त बजेट विनियोजन गर्न लागेको बताउनुभयो ।सभासदहरुले भने सासंद विकास कोष मार्फत् दिइँदै आएको दश लाखको सट्टा निश्चित परियोजनालाई सभासदको सिफारिसका आधारमा रकम दिन सुझाव दिएका थिए ।संसदको शुक्रबार बस्ने बैठकमा सरकारले बाषिर्क बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।