काठमाडौ। न्यायपरिषदको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त अस्थायी न्यायाधीशका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।
परिषद्ले महान्यायाधिवक्ता प्रा डा भरतबहादुर कार्की, पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश वैद्यनाथ उपाध्याय र पुनरावेदन अदालत बुटवलका मुख्य न्यायाधीश तर्कराज भट्टको नाम सिफारिस गरेको हो ।
त्यसैगरी पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्की र वरिष्ठ अधिवक्ता कमलनारायण दासको नाम पनि अस्थायी न्यायाधीशका लागि सिफारिस गरिएको छ ।
न्यायपरिषद्ले सिफारिस गरेका नाममा संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान छ ।