विस्तृत शान्ति सम्झौताको पुर्ण कार्यान्वयन नभएको भन्दै वेलायतले चिन्ता व्यक्त गरेको छ। विस्तृत शान्ति सम्झौताको चार वर्ष पुरा भएको अवसरमा वेलायती दुतावासले एक विज्ञप्ती जारी गर्दै नेपाली जनताप्रति गरेको प्रतिवद्धता पुरा गर्ने दिशामा राजनीतिक दलहरु समर्पित हुनु पर्ने आवश्यकता पनि औंल्याएको छ।
विस्तृत शान्ति सम्झौताको मुख्य विषय माओवादी लडाकुको समायोजन तथा पुनःस्थापन र नेपालको सेना संरचना निर्धारणमा प्रगति हुन नसकेकोमा वेलायतले खास चासो देखाएको छ। पछिल्लो समयमा संविधानसभामा केही प्रगति भएपनि नेपालको भावी संरचना र शासकीय स्वरुपबारे सहमति हुन नसकेकोमा पनि वेलायतले चिन्ता व्यक्त गरेको छ।
वेलायतले शान्ति सम्झौताका अन्य महत्वपुर्ण पक्ष अझै अपूर्ण रहेको, वेपत्ता आयोग गठन हुन नसकेको र विद्यमान द48डहिनताप्रति असन्तुष्टी जनाउँदै हिंसा परित्याग गरी शान्तिका लागि एकजुट हुन पनि दलहरुको ध्यानाकर्षण गराएको छ। नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन विभिन्न कुटनीतिक नियोगबाट चालिएका कदमको स्वागत गर्दै बेलायतले आफु पनि शान्ति प्रक्रियामा सक्दो सहयोग गर्न तत्पर रहेको जनाएको छ।