एयरपोर्ट भन्सार पास भएर ट्याक्सीमा हाल्न खोज्दा समातियो , झण्डै एक सय किलो सुन

काठमाडौँ- राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अप्रेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

Gold edges lower on slight dollar uptick

 

1

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । उनले सुन हङकङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले धेरै कुराहरू खुल्न बाँकी छ । रासस

ad

अन्य समाचारहरु