

-अर्घाखाची डट्कम।
अर्घाखाँची – श्रावण ३ गते सुरु भएको नेपाल प्रेस युनियनको जिल्ला अधिवेशन लक्ष्मण घिमिरेको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेर आज सम्पन्न भएको छ । अधिवेशनले सर्वसहमत रुपमा घिमिरेको नेत्रित्व स्विकार्दै सम्पूर्ण कार्यसमिती पदाधिकारी र सदस्य हरु सर्वसहमत रुपमा चयन गरेको पदाधिकारी घोषणा कार्यक्रममा निर्वाचन मण्डलका प्रमुख नन्दराम भट्टराईले बताएका हुन ।

घिमिरेको नेतृत्वमा रहेको नयाँ कार्यसमितिमा उपाध्यक्ष : सरिता भुसाल उपाध्यक्ष : अम्बिका बेल्वासे श्रेष्ठ, सचीव : विष्णु प्रसाद खनाल, कोषाध्यक्ष : सागर महत , सहसचिव : भावना मगर , सहसचिव : हलिम खान , सह कोषाध्यक्ष : बिक्रम पाण्डे (प्रवक्ता) , सदस्य : विष्णुभक्त पोख्रेल , सदस्य : कुलराज खनाल ,सदस्य : कमला घिमिरे , सदस्य : सुजन न्यौपाने ,सदस्य : ईन्द्रलाल रेग्मी , सदस्य : केशव ज्ञवाली , सदस्य : रेखा बि.क. , सदस्य : प्रतिमा पाण्डे , सदस्य : कृष्ण परियार रहेका छन ।


पदाधिकारी घोषणा कार्यक्रममा निर्वाचित हरुलाई नेपाली काङ्रेसका जिल्ला सभापती केशब श्रेष्ठ । जिल्ला सचिव कृष्ण खनाल निवाचन मन्डलका प्रमुख नन्दराम भट्टराई ,प्रेस युनियन अर्घाखाँचीका निवर्तमान सभापति बिरेन्द्र के सी ले बधाई तथा शुभकामना दिदैनयाँ कार्य समितिले उत्कृष्ट कार्य गर्ने विश्वाश राखे ।


अधिवेशनको पहिलो सत्रको कार्यक्रममा प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पानसमा बत्ती बाल्दै महामानव बिपि कोइरालाको तस्विरमा फुल अबिर चढाएर उद्घाटन गरेका थिए ।


उद्घाटन सत्रको कार्यक्रममा शुभकामना दिदै वक्ताहरुले आम संचार क्षेत्रमा प्रेस युनियनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । श्रमजीवी पत्रकारहरुको संगठन बन्न प्रेस युनियन सफल रहेको भन्दै उनिहरुले आगामी दिनमा प्रेस युनियन संगै युनियनकर्मी सम्पुर्ण पत्रकारहरुले जनताको पक्षमा अझै सशक्त कलम चलाउने बिस्वास ब्यक्त गरेका थिए ।
थप तस्बिर :




