काठमाडौं, मङ्सिर ७ – एमाले विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा झडप भएको छ। केपी ओली पक्षधर र झलनाथ खनाल पक्षधरबीच बैठकको वैधानिकतालाई लिएर विवाद भएपछि बैठक नै बस्न सकेन। यो महाधिवेशनपछिको पहिलो बैठक बस्दै थियो।
एमाले अध्यक्ष खनाल पक्षधरले अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले जबर्जस्ती बैठक बसाल्न खोजेको आरोप लगाएका छन्। सचिवालय सदस्य राधिका खतिवडाले भनिन्- उनले जबर्जस्ती बैठक बसाउन खोजे, हामीले त्यसलाई मानेनौं। केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण नै नगराइएको अवस्थामा बैठकको औचित्य नभएको खनाल पक्षधर नेताहरुको भनाइ छ।
– नागरिक