काठमाडौं – रुपन्देही जिल्ला सिद्धार्थनगरपालिकाका डा.बद्रीप्रसाद दाहालले मंगलबार सिंहदरबारमा डिजेलबाट चल्ने गाडीलाई बाह्रमासेको तेलबाट चलाएर देखाएका छन् । डा. दाहालले उक्त कुरा आफ्नो १६ वर्षको गहन अध्ययनपछि पत्ता लगाएका हुन ।
वन तथा भू-संरक्षण मन्त्रालय अगाडि वन तथा भू-संरक्षणमन्त्री दीपक बोहोरा र सञ्चारकर्मीको माझमा सो तेल हालेर बा१झ ७२०७ नम्बरको गाडी चलाएर देखाउनुभएको हो ।
पहिलोपटक राजधानी अध्ययनको सफल परीक्षण गर्न पाएकोमा खुसी हुँदै डा. दाहालले भन्नुभयो-