पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु, ८ जना घाइते

1

– दामोदर खत्री ,, अर्घाखाची डट्कम ।

पाल्पा– पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन्।

गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको गुडिरहेको जिपमा माथिबाट पहिरोसँगै ढुंगा खस्दा सो घटना भएको हो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला भए पनि उनीहरुको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि पाल्पाको तानसेन मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

ad

अन्य समाचारहरु