मकवानपुरका गाविस सचिवहरुले ज्यान मार्ने धम्की आएको विरोधमा ४३ वटै गाविसका काम ठप्प पारे

मकवानपुर – मकवानपुरका ४३ वटै गाउँ विकास समितिका सचिवहरुले आज एक दिन गाविसका काम ठप्प पार्ने भएका छन् ।


मकवानपुरको सरिखेत गाउँ विकास समितिका सचिव नवराज बर्तौलालाई कुटपिट भएको तथा ज्यान मार्ने धम्की आएको विरोधमा गाविस हकहित संरक्षण केन्द्र मकवानपुरले कामकाज ठप्प पार्ने निर्णय गरेको संरक्षण केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ ।


सरिखेतका शंकर थापालगायतका युवाहरुले गाविस सचिव बर्तौलामाथि कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको संरक्षण केन्द्रले जनाएको छ । राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको भर्त्सना गर्दै केन्द्रले घटनाका दोषीहरुलाई कारवाहीको माग गरेको छ ।