राष्ट्रपति पुत्री अनुको क्यामरा बिमानस्थल बाटै गायब/खोजीका लागि हवलदारको कामान्डमा चार प्रहरी

राष्ट्रपति डा. रामवरण यादवको पुत्री अनु यादवको ह्यान्डिक्याम जनकपुर विमानस्थलको अति विशिष्ट कक्षबाट चोरी भएको छ। धनुषा प्रहरीले क्यामरा खोज्न हवलदारको कमाण्डमा छुट्टै प्रहरी परिचालन गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैन। यति एयरको नियमित जहाजबाट बिहीबार काठमाण्डौं फर्किनुअघि विमानस्थलको अति विशिष्ट कक्षमा समय बिताएकी अनुले बसेको सोफाको छेउमै राखेको सोनी कम्पनीको क्यामरा चोरी भएको धनुषा प्रहरीले जनाएको छ। घरायशी कामको सिलसिलामा अनु बुधबार जहाजबाटै जनकपुर आएकी थिइन्। अनुको त्यो