अर्घाखाँची ; निजामति कर्मचारि युनियनले स्थापना दिवस सामाजिक कार्य गरि मनायो

1

No description available. -केशबराज ज्ञवाली 

अर्घाखाँची ;  नेपाल निजामति कर्मचारि युनियन अर्घाखाँचीले युनियनको ३४ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क जिल्ला अस्पतालमा २ थान ३ सिटर भिजिटर  कुर्सि हस्तान्तरण गरेको छ । संगठनको सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामि तथा अन्य आगन्तुकलाइ बस्न सहज होस भन्ने हेतुले उक्त कुर्सिहरु हस्तान्तरण गरिएको निजामती कर्मचारि युनियन अर्घाखाँचीका अध्यक्ष माधब अर्यालले बताउनुभयो ।

No description available.

adजिल्ला अस्पतालमा आज आयोजित कुर्सि हस्तान्तरण कार्यक्रममा बोल्दै तथा युनियन दिवसको शुभकामना दिदै नेपालि काङ्ग्रेस लुम्बिनि प्रदेश सदस्य शान्ता भन्डारिले निजामति कर्मचारि युनियनको सामाजिक कार्य हरुमा उल्लेखनिय सहभागिता रहेको भन्दै प्रशंशा गर्नुभएको थियो । कार्यक्रममा शुभकामना दिदै आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष कृश्न बर्माले अस्पतालले यि सामग्रीको उचित सदुपयोग गर्ने बिस्वास राख्नुभएको थियो ।

No description available.

1 जिल्ला अस्पतालका अस्पताल प्रमुख जगन्नाथ तिवारिले युनियन दिवसको शुभकामना दिदै प्राप्त कुर्सिहरुले आगन्तुक बिरामिलाइ बस्न सहज हुने भन्दै यसको उचित सदुपयोग गर्ने बिश्वास दिलाउदै युनियन अर्घाखाँचीलाइ धन्यबाद दिनुभयो । उक्त अवसरमा आजै सेवा निबृत भएका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारि चेतनाराण भट्टराईलाइ पनि युनियनले सम्मान गरेको थियो ।

No description available.

यस संगै युनियन अर्घाखाँचीले क्यानसर रोग लाग उपचाररत रहनुभएकी जिल्ला समन्वय समिति अर्घाखाँचीमा कार्यरत मधु देवी श्रेष्ठलाई नगद सहयोग हस्तान्तरण पनि गरेको छ । कार्यक्रम नेपालि काङ्ग्रेसका लुम्बिनि प्रदेश सदस्य शान्ता भण्डारी, ने .का.अर्घाखाँचीका उपसभापति विष्णु प्रसाद भुसाल, पार्टि सचिव कृष्ण खनाल , काङ्ग्रेस प्रदेश ख का सभापति हेमन्त बेलवासे ,आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्मा , नेपाल विद्यार्थी संघ अर्घाखाँचीका अध्यक्ष भरत भट्टराई, प्रेस युनियनका अध्यक्ष लक्षमण घिमिरे , युनियनका विभागीय सदस्यहरु सहितको उपस्थ्तिमा सम्पन्न भएको थियो ।

images

No description available. No description available. No description available. ad