सिमा क्षेत्रमा हुने सीमा समस्या समाधानका विषयमा बसेको नेपाल भारत सुरक्षा प्रमुखहरुको बैठकमा पाँच बुदे सहमति

Mohan_gandhi-salami

 

– सिमा क्षेत्रमा हुने सीमा समस्या समाधानका विषयमा शुक्रबार इलाममा बसेको नेपाल भारत सुरक्षा प्रमुखहरुको बैठकमा पाँच बुदे सहमति भएको छ ।


बैठकान भारतीय सीमा सुरक्षा बलको ज्यादती अन्त्य गर्ने, वन र सीमा क्षेत्रमा हुने आपराधिक घटनालाई नियन्त्रण गर्ने, नक्कली नोटको कारोवारमा नियन्त्रण गरिने, लागु औषधको ओसार पसार तथा मानव बेचविखनमा नियन्त्रण गर्ने र सिमा स्तम्भ मर्मत संभारलगायतका विषयमा सहमति भएको इलामका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।


बैठकमा पाँचथरदेखि झापासम्मको सिमा क्षेत्रमा गाडिएका ४ सय ९९ वटा सिमा स्तम्भहरुमध्ये ७४ वटा सिमा स्तम्भहरु भाँचिएको र कतिपय हराइसकेकोले मिल्ने जति मर्मत गर्ने र अरु नयाँ राख्ने सहमति भएको प्रजिअ निरौलाले जानकारी दिनुभयो ।


बैठकमा नेपालका तर्फबाट झापाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले नेतृत्व गर्नुभएको थियो भने भारतको तर्फबाट दार्जिलिङ जिल्लाका डिस्टि्रक मेजिस्ट्रेड मोहन गान्धिले गर्नुभएको थियो । ६ महिनाको फरकमा बस्ने दुई देशका उच्चअधिकारीको बैठक यस पटक भने १८ महिनापछि बसेको हो ।