
-रुद्रमणी भुसाल
अर्घाखाँची- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अबैध रुपमा मदिरा बनाउनको लागी प्रयोग हुने कच्चा पदार्थ र ५ सय २० लिटर मदिर नष्ट गरेको छ ।

प्रहरी चौकी अर्घा विहारा अर्घाखाँचीबाट प्रहरी सायक निरिक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा खटिएको गस्ती टोलीले सन्धिखर्क नगरपालीका वडा नं. २ आटिका पाटामा अवैध रुपमा मदिरा विक्रि वितरण गरेको पाईएकोले अबैध रुपमा मदिरा बनाउनको लागी प्रयोग हुने कच्चा पदार्थ (जाँड) ५सय २० लिटर र मादक पदार्थ (रक्सी) बनाउन प्रयोग गरिने २ सेट भाँडा स्थानिय जनप्रतिनिधिहरु, पत्रकार,स्थानिय बुद्धिजिबिहरु र प्रहरी टोली समेतको उपस्थितिमा कार्यालयको कम्पाउण्ड भित्र खाडल खनि नष्ट गरिएको हो ।

मदिर सेबनले समाजमा हुने झै-झगडा बढ्ने भएकाले अबैध रुपमा लोकल मदिरा बनाउन प्रयोग गर्ने सामग्री जफत गरिएको प्रहरी निरिक्षक बिक्रम रिजालले बताउनु भयो । त्यस्तै आज नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ग्रामिण बस्तीशरुमा निकै राम्रो महभन्दै सस्तो मुल्यमा बिक्रीबितरण गदै हिडेको अवस्थामा भारतिय नागरिकबाट झन्डै २ सय किलो गुणस्तर हिन मह पनि नियन्त्रण गरि नष्ट गरेको छ ।




