पर्सा – नेपालबाट भारततर्फ गइरहेका चार नाबालकसहित नौजना महिलालाई आज बिहान प्रहरीले वीरगन्जको नयाँ बसपार्कबाट उद्धार गरेको छ ।
सर्लाहीबाट भारतको दिल्ली जानेक्रममा वीरगन्जको नयाँ बसपार्कबाट बिहान ९ बजे साना हात नामक संस्थाको सहयोगमा प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा सर्लाहीको गौशाला-५ की की रीना आलेमगर, ममता आलेमगर, मुन्नि आलेमगर तथा उनको तीनजना छोराछोरी अर्जुन आलेमगर, सानु आलेमगर र गीता आलेमगरलाई भारततर्फ गइरहेको बेला सोधपुछ गर्दा शङ्का लागि प्रहरीलाई बोलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयको महिला सेल इन्चार्ज प्रहरी सहायक निरीक्षक सानुमाया महर्जनले जानकारी दिनुभयो ।
सर्लाहीकै भक्तिपुर- ९ निवासी वर्ष २५ की वसन्ती रानामगर र उनको पाँच वर्षकी छोरी तनिसालाई समेत उद्धार गरेको प्रहरी सहायक निरीक्षक महर्जनले बताउनुभयो ।
उहाँका अनुसार उद्धार गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा राखिएको छ ।