पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा देशभर बिरोध प्रदशन जारी/माओवादी तथा नयाँ साना सात दल द्वारा मूल्य वृद्धि फिर्ता लिन माग


 

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा प्रदशन गर्ने क्रममा प्रहरी नियन्त्रणमा रहेका आफ्नो सहकर्मी रिहाइको माग गर्दै विद्यार्थीले चावहिल स्थित पशुपति क्याम्पस अगाडि प्रर्दशन गरिरहेका छन् । साथै हामीलाई देशका अन्य जिल्ला बाट त्यहा स्थित प्रतिनिधिहरुले जनाए अनुसार चौतर्फी बिरोध गरिएको छ ।

 

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोधमा उत्रिएका विद्यार्थीसँग मंगलबार भएको झडपमा प्रहरीले स्ववियु उपसभापति सहित ९ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार अपरान्ह्र सम्म रिहाई गर्ने जनाए पनि अझैसम्म नियन्त्रणमा राखेको भन्दै विधार्थीले  प्रर्दशन गरेका हुन् ।


यसैबीच ग्यास विक्रेता महासंघले बबहरमल स्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । बिहान १०  बजे सुरु घेराउ कार्यक्रम मध्यान्ह्र १२ बजे सम्म जारी रहने महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए ।

 

यसैगरी, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा पाल्पाका विद्यार्थी संगठनले बिहीबार बिहानैदेखि तानसेन-तम्घास सडक अवरुद्ध पारेका छन् । उनीहरुले सरकार र आयल निगम विरुद्ध चर्को नाराबाजी गर्दै सडक अवरुद्ध पारेका हुन् । विरोध स्वरुप विद्यार्थीले रातो ग्यास सिलिण्डर उल्टो पारी दाउरा बालेर सडकमा प्रर्दशन गरेका थिए । प्रर्दशनमा स्थानीयबासी र व्यापारी पनि सहभागी थिए ।

 

माओवादी तथा नयाँ साना सात दल द्वारा मूल्य वृद्धि फिर्ता लिन माग

 

यसै बिच माओवादी तथा नयाँ साना सात दल द्वारा मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

 

माओवादी प्रवत्ता दिनानाथ शर्माले बिहीबार विज्ञप्ती जारी गरी मूल्य वृद्धि अपरदर्शी भएको भन्दै फिर्ता लिन माग गर्नु भएको छ । उसले सरकारले तत्काल मूल्य वृद्धि फिर्ता नलिए सडक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

 

इन्धनको मूल्य वृद्धि गरिँदा त्यसले पारबहन भाडा र दाल, चामल, नून लगायतका उपभोग्यवस्तुको मूल्यसमेत बढ्न गई समग्र दैनिक जनजीवन नै अस्तव्यस्त हुन जान्छ । त्यसकारण मूल्य वृद्धि फिर्ता लिई पेट्रोल, मटितेल, डिजेल र ग्यास पुरानै मूल्य कायम गर्न जोडदार माग गर्दछ ।