चिलिको भूकम्पमा परी मर्नेहरुको सँख्या सात सय अठार पुग्यो

चिलिमा आएको आठ दशम्लब आठ रेक्टर स्केलको भयंकर भूकम्पमा परी सात सय अठार जना व्यक्तिको मृत्यु भएको चिलिका राष्ट्रपति बाटलेटले हिजो सार्वजनिक गर्नुभयो।हिजो बिहान सबेरै चिलिको दक्षिण भागमा पुन छ दशम्लब एक रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पबाट उत्पन्न भएको समुद्री लहरमा परी एक सय पचास जनाभन्दा बढी स्थानीय बसिन्दाहरु बेपत्ता भएका छन्।

         पछिल्लो तथ्याङकअनुसार,पन्ध्र लाखभन्दा बढी वास्तुहरु उक्त भूकम्पमा ध्वस्त भएका छन् र कम्तिमा बीस लाखभन्दा बढी व्यक्तिहरु सो भूकम्पवाट प्रभावित भएका छन्। यसकाअतिरिक्त बिमानस्थल र रेलमार्ग आदि आधारभूत प्रबन्धहरु नराम्ररी ध्वस्त भएका छन्।

           चिलि सरकारले भूकम्पमा परेका व्यक्तिहरुलाई सहायता दिन सक्दो प्रयास गर्ने कुरा राष्ट्रपति बाटलेट बताउनुभयो।