चिलीको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा उद्बार कार्य हुँदै

चिली सरकारले हिजो एक तारिखदेखि भूकम्प प्रकोपग्रस्त क्षेत्रको उद्बार कार्य सुरु गरेको छ।

           भूकम्प गएपछि कन्सिपियन आदि प्रकोपग्रस्त क्षेत्रमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। केही कर्मचारीहरुले विद्युत प्रबन्ध मर्मत गर्दैछन। अर्कातिर सरकारले विद्युत र खानेपानी सेवा पुनः सुचारु हुने समय बताउन अस्वीकार गरेको छ ।

            थाहा भएअनुसार , भूकम्प उत्पन्न भएपछि कन्सिपियन क्षेत्रका सुपरमार्केट र स्थानीय बासिन्दाहरुका घरमा चोरीका घटना बढेका छन् ।