पश्चिमी युरोपमा आँधी-बेहरी “सिंगा”बाट कम्तिमा 62जना मृत्यु

भयङ्कर आँधी-बेहरी "सिंगा" ले हालै फ्रान्स,जर्मनी, पोर्चुगल आदि मुलुकलाई लपेटेको छ। मार्च दुई तारिखका दिनसम्म यसबाट कम्तिमा 62जनाको मृत्यु हुनुका साथै भौतिक रुपमा गम्भीर क्षति भएको छ।

            फ्रान्सको मौसम व्युरोका अनुसार सन् 1999 देखि "सिंगा" सबैभन्दा ठूलो आँधी-बेहरी हो। फ्रान्समा यस पटकको प्रकोपबाट सबैभन्दा ठूलो नोक्सानी भएको छ। "सिंगा"ले गत महिनाको 27 तारिख राती फ्रान्सको उत्तर-पश्चिमी खाडीबाट बहेको हो। यसले गर्दा नदीको पानीको सतह माथि उठेको छ र 51 जनाको मृत्यु हुनुका साथै 8जना बेपत्ता भएका छन्। यसका अतिरक्त जर्मनी, स्पेन र पोर्चुगलमा "सिंगा"बाट जम्मा 11जनाको मृत्यु भएको खबर छ।