भारतको उत्तर प्रदेशमा आश्रम भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा रहेको स्वामी कृपालुजी महाराजको आश्रममा भएको भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। प्रतापगढमा रहेको आश्रमको ढोका ढलेपछि भागदौड सुरु भएको हो। अझै ३० भन्दा बढी मानिसहरु भीडमै चेपिएको अनुमान गरिएको छ।

यसरी च्यापिनेमा बालबालिका र महिलाको संख्या धेरै छ। कृपालुजी महाराजकी श्रीमतीको पहिलो वार्षिक पुण्यतिथिमा आश्रममा आयोजित विशेष कार्यक्रममा उपस्थित हुनेको संख्या बढेपछि त्यसको ढोका बन्द गरिएको थियो। तर, आश्रममा आउनेक्रम रोकिएन र ठेलमठेल हुँदा ढोका भत्कन पुगेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले जनाएका छन्। आज श्रीमतीका नाममा कृपालुजी महाराजले दान गर्ने कार्यक्रम थियो।