चीन सरकारद्वारा चिनियाँ जनताको जीवनमा अझ बढी सुधार गरिने

एघारौँ चिनियाँ राष्ट्रिय जन कांग्रसको तेस्रो अधिवेशन आज बिहान पैचिङमा उद्घाटन भयो। चीनका प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य प्रतिवेदनमा जोड दिँदै जनजीवनको सुधार गर्नु नै चीनको आर्थिक विकासको आधारभूत उद्देश्य हो भनी बताउनुभयो।

          उक्त प्रतिवेदनअनुसार, सक्दो प्रयास गरी रोजगारीलाई विस्तृत पारेर जन-जीवनमा सुधार गर्ने र प्रत्याभूति दिने काम सबैभन्दा महत्वपूर्ण कार्य हो।

          नागरिकका साझा अभिरुचिका समस्याप्रति सरकारले अझ बढी ध्यान केन्द्रित गर्ने ,रियल स्टेट बजारको स्वस्थ र स्थिर रुपमा विकास गर्ने तथा चिकित्सा कार्यको सुधार र विकास योजना नै कार्य प्रतिवेदनमा उल्लेख गरिएका मूलभूत विषयवस्तु हुन् ।