महान दिवस ८ मार्च – मीना पुन

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

 

८ मार्च संसारभरिका महिलाहरुको ऐतिहासिक दिन हो । ८ मार्चलाई विश्वभरीका सम्पूर्ण शोषित उत्पीडित महिलाहरुले मात्र होइन विभिन्न वर्ग र समुदायका महिलाहरुले पनि महान दिवसको रुपमा मनाउँदै आएका छन् ।

लामो समयदेखि महिलाहरुलाई विभिन्न देशमा त्यहाँको संविधान कानुन समाज धर्म चालचलन रितीरिवाज र पारिवारिक स्वरुपहरु निर्माण गरेर भेदभाव गरियो र दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै मताधिकारबाट समेत बिाचत गरियो । त्यसको विरुद्ध छुट्टाछुट्टै मुलुकहरुमा महिलाहरुले विभिन्न ढंगले संगठितरुपमा आन्दोलन गर्दै आए । यसै सन्दर्भमा १९०६ मा महिलाहरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसको सेक्रेटरी कलारा जेट्किन भइन् । १९०८ मार्च ८ को दिन अमेरिकी महिलाहरुले मताधिकार माग गर्दै जुलुस प्रदर्शन गरे । १९०८ मार्च ८ कै दिन सिकागो शहरमा महिलाहरुले समान अधिकारको माग लिएर महिलाहरुले हड्ताल र विशाल जुलुश निकाले । यसरी ८ मार्च महिला अधिकारको लागि संघर्षशील दिन हो । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा क्लाराजेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरीका महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थाले ।

विश्वभर श्रमिक महिला दिवस ८ मार्च मनाउन थालेको पनि १ सयवर्ष पुग्न लागेको सन्दर्भमा अहिले १००औं श्रमिक महिला दिवस हामीले नेपालमा पनि मनाउन गइरहेका छौं । हाम्रो देशको सन्दर्भमा हामी अहिले अग्रगामी नयाँ संविधान निर्माणको प्रकि्रयामा छौं । तोकिएको समयमा संविधान निर्माण हुन सकेन भने २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने र गणतन्त्रलाई सुदृढ गर्ने काम हुन सक्दैन । आज सत्ता साझेदार र प्रतिपक्ष दलहरुको बीचमा देखापरेका राजनैतिक विवादका कारणले देशको राजनीति नै संकटग्रस्त भएको छ ।

 

 यसको अन्तको लागि राजनैतिक दलहरुबीचको सहमतिको खाँचो छ । हाम्रो समाजमा अहिले पनि महिला र पुरुषको बीचमा धेरै प्रकारका भेदभाव र असमानताहरु विद्यमान छन् । गाउँ बस्तीमा पुरुष सरह स्वतन्त्र ढंगले घर बाहिर िहंड्ने सामाजिक राजनैतिक कार्यहरुमा सहभागि हुने छलफल गर्ने अधिकार महिलाहरुलाई अत्यन्त कम मात्रामा दिइने गरिएको छ । उनीहरु अहिले पनि घरायसी काममा मात्र सीमित छन् । यसरी महिलाहरुलाई अनुत्पादक क्षेत्रमा मात्र सीमित राखिरहने सामन्ती प्रथाको विरुद्ध महिलाहरुले वर्षौदेखि संगठित रुपमा आन्दोलन गर्दै आएका छन् । पुरुष सरहको समान अधिकार प्राप्त गर्ने हाम्रो लक्ष्य अझै प्राप्त भएको छैन । महिलाहरुको मुक्ति समाजवादी व्यवस्थामा मात्र सम्भव हुने हुँदा हामी नयाँ जनवादी समाज हुँदै समाजवादी व्यवस्थासम्म पुग्न चाहन्छौं ।

 

अन्य संगठनहरुले ८ मार्चलाई महिलाहरुको दिवसको रुपमा मात्र सीमित गर्न खोजे पनि हामी यसलाई सर्वहारावर्गको नेतृत्वमा हुने शोषित पीडित जनताको क्रान्तिकारी आन्दोलनसित जोडेर अझ उचाईमा पुर् याउन ८ मार्चले हामीलाई अझ सशक्त र जुझारु बन्न प्रेरणा र उत्साह थप्ने दिनको रुपमा लिनु पर्दछ र त्यही रुपमा मनाउनु पर्दछ ।

महिला मुक्ति आन्दोलनको सवाल उठाउँदा हामीले देशको राष्ट्रियता गणतन्त्र र जनजीविकाको सवालभन्दा टाढा रहेर उठाउन सक्दैनौं । आज हाम्रो राष्ट्रियता माथि गम्भीर खतराका बादलहरु देखा पर्न थालेका छन् । देशको कमजोर राजनैतिक अवस्थाको फाइदा उठाएर भारतीय विस्तारवाद र साम्राज्यवादीहरुले देशमा चलखेल गरिरहेका छन् भने अर्को तर्फ संघीयता र यससँगै जोडिएको जातीय राज्य एक मधेश एक प्रदेश आत्मनिर्णयको अधिकारले राष्ट्रिय अखण्डतामा खतरा उत्पन्न हुने स्थिति देखा परेकॊ छ । राजनीतिक दलहरुको सत्ताको लुछाचुँडीले गर्दा राजावादीहरु जुर्मुराउन थालेका छन् ।

 

 गणतन्त्रलाई संस्थागत गर्ने काम ओझेलमा पर्न लागेको छ । यस प्रकारको अवस्थाबाट मुक्त गर्दै राष्ट्रलाई अग्रगामी दिशामा लैजानका लागि हामी महिलाहरुले पनि अहम् भूमिका निर्वाह गर्नुपर्दछ । अहिले नयाँ संविधान निर्माणको सन्दर्भमा महिलाहरुका अधिकारलाई संविधानमा सुनिश्चित गर्नु हाम्रो प्रमुख दायित्व बनेको छ । यिनै विषयहरुलाई लिएर १०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई ूगणतन्त्रको सुदृढीकरण गरौं राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं नयाँ संविधानमा महिलाहरुको समान अधिकार सुनिश्चित गरौं ।ू भन्ने नाराका साथ देशव्यापी रुपमा मनाउन सबै क्रान्तिकारी बामपन्थी प्रजातान्त्रिक तथा देशभक्त महिलाहरुलाई हार्दिक अपील गर्दछु ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।