मेरी आमाको त्याग र तपस्या !

 – खुसी अधिकारी, काठमाण्डौ।

आमा देवि हुन। आमा सारा संसार हुन। आमा धर्ती हुन। आमा सृष्टि कर्ता हुन। आमा भगवान हुन।  आमालाई खुसी र सुखी राख्न सके भगवान पुज्न मन्दिर धाइरहनु पर्दैन। आमा तिमी मायाकी खानी, दिन्छौं शिक्षा जानी नजानी, राम्रो आचार सिकाउदै भन्छौं त्याग नराम्रो बानी।

May be an image of 3 people, people smiling and text that says "S Rs.80/- Rs. 80/- Rs.80/ 80/ Rs. Rs.50 Rs. WA"

मेरी आमा उमेरले ५६ वर्षकि भइन तर सुखको परिभाषा उनलाई थाहा छैन। खुसी के हो? सम्पन्नता के हो? बुझेकि छैनन् सुखका बाटाहरु कुर्दै गर्दा।सम्पन्नताको अर्थ बुज्दै गर्दा सिन्दुर पुछियो हाम्रो घरको जग भाच्चियो। पिल्लर भासियो मेरी आमाको सर्वस्व लुटियो।

वर्षैपिच्छे आफुलाई जन्मदिएका मातापिता गुमाएको त्यो वियोगको पीडा सेलाउन नपाई श्रीमान गुमाइन।यस्तो ब्रजपात उनी माथि पर्दा पनि हाम्रा लागि बलियो खम्बा बनेर पिर नगर मछु भन्दै त्यो मलिन मुहारमा सन्तानका लागि जवरजस्ति हासो ल्याइन साच्चै आमा तिमी सहनशीलताकि प्रतीक हाै।

आमा तिम्रो माया अपारम्पार छ। तिमी महान छाै।तिमीले गरेको त्याग र तपस्या म सधैं ऋणि छु। तिमीले सिकाएका असल आचरण, तिमीले देखाएको मार्गदर्शनको म सधैं भर पालना गर्ने छु। आमा तिमीले हामी आठ आठ जना सन्तान जन्माएको त्यो पिडा कसरी सहयाै।मलाई त महिनावारीको पिडा सहनलाई पनि महिनैपिच्छे मरेर बाच्नु पर्छ।

अरुका आमा हातभरी राता चुरा, रातो गलामा रातो पोते, चोली, सुकिला लुगामा सजिदा मेरी आमाको खाली निधार, खाली हात, खाली गला त्यसमाथि पसिनै पसिनाले निथरुक्क भिजेको शरीर भोको पेट हातभरी उठेका ठेलाले कहिल्यै आराम पाएनन् ।

सामान्य लेखपढ गर्न समेत नजानेकि मेरी आमाले मेरा हरेक भावना मज्जाले पढिन र त मलाई समस्या पर्दा ती समस्याको हल गरिन। मेरो पहिलो गुरु मेरी आमा। मेरो जन्मदाता मेरी आमा।मेरो सब थोक हुन मेरी आमा।तिमीलाई कोटिकोटी नमन छ हृदय भरिको माया तिमीलाई।धेरै धेरै सम्झना तिमीलाई आमा। मातृ दिवस (मातातिर्थ औंसी ) को शुभकामना तिमीलाई।

मेरो आट,मेरो भरोसा, मेरो हाैसला, मेरो प्रेरणा, मेरो हिम्मत मेरी सानिमा आमाले मलाई जन्मदिइन, हुर्काईन बढाईन मेरो सफलताको लागि धेरै तपस्या गरिन तर आमापछिको मेरी सानिमा जसले मेरा थाकेका काध, हराउन लागेका मेरा सपना, दुखका ठुला ठुला पहाडले थिचेको मेरो शरीरको खम्बा बनेर, मेरो हिम्मत बनेर साथ दिईन संघर्षको मैदानमा हराएका मेरो फिर्ता ल्याइन। म कमजोर हुँदा तिमीले दिएको तागत प्रती म कृतज्ञ छु।

मेरी सानिमा तिमीलाई जिवनभर खुसी दिन सकु। परिवारको ईज्जत् बन्न सकु। तिमीले देखाएको मार्गमा हिड्न सकु।

संसारका सम्पुर्ण आमाहरू जसले आफ्नो सन्तानको लागि धेरै सङर्ष गर्नु भयो। सन्तानको प्रगतिका लागि असल मार्ग देखाउनु भयो उहाँहरु सम्पुर्णमा मातातिर्थ औंसीको धेरै धेरै शुभकामना ।

  – लेखिका :  खुसी अधिकारी,पाणीनी गाउपालिका अर्घाखाची , हाल किर्तिपुर काठमाण्डौ ।