माओवादी अवरोधले सिद्धाराको हर्रे सोलर खानेपानी योजना अलपत्र

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र केसी

हर्रे अर्घाखाँची –  खानेपानी योजनामा माओवादीले अवरोध पुर् याएका छन । योजना साचालन हुन नसकेपछि उपभोक्ता खानेपानी सुविधाबाट विाचत छन । योजनाको काम भैरहेका बेला माओवादीले अवरोध पुर् याएपछि काम हुन सकेको छैन ।

जिल्लाको सबैभन्दा विकट सिद्धारा -४ स्थित हर्रे सोलर खानेपानी योजनाको काम गर्नमा रोक लगाएपछि एक वर्षदेखी योजना ठप्प छ । खानेपानी उपभोक्ता समितिको अध्यक्ष पद माओवादीलाई नदिएको र सामेल नगराएको भन्दै अवरोध सृजना गरेका हुन ।
 
उपभोक्ता समितिको पद बाँडफाँडमा विवादित रहदै आएको उक्त योजनालाई पछिल्लो पटक काम गर्न नदिएपछि फागुन देखी  काम हुन सकेको छैन । आधा काम सकिनै लाग्दा एक्कासी आएर काम गर्नमा रोक लगाए हर्रे सोलर खानेपानी उपभोक्ता समितिका अध्यक्ष जनक पौडेलले भने माओवादी विना पानी खान दिदैनौ भन्दै धम्कीपुर्ण भाषामा काम गर्न दिएनन । माओवादीले योजनाको काम गर्न नदिएपछि बीचमै अलपत्र परेको छ अध्यक्ष पद नदिएसम्म काम गर्न नदिने चेतावनी दिएको उनले बताए ।  
 

जिल्लाको सबैभन्दा विकट हर्रे मालारानी थुम्के गाउँमा खानेपानी सुविधा पुर् याउने उद्देश्यले योजना साचालन गरिएको हो । उक्त गाउँमा माओवादीका सकि्रय कार्यकर्ता नभएपनि बाहिरबाट आएका माओवादीले योजना साचालन गरे कारवाही गर्ने भनेपछि का ठप्प भएको उनले बताए । गाउँमा खानेपानी आउने कुनै वैकल्पिक स्रोत नभएपछि झण्डै एक किलोमिटर तलबाट सोलरको मध्यमबाट पानी तानिएको हो । अग्लो डाँडोमा गाउँ रहेकाले खानेपानी ल्याउने मुहान नहुँदा जंगलको धारापनी मुहानबाट थुम्के डाँडोमा सोलरबाट पानी तानिएको छ । सोलबाट पानी तानेर टयाकी र धारा बनाउन नदिएपछि बीचमै अलपत्र भएको छ ।

चार घण्टाको पैदल हिडेर पानी खादै आएका स्थानीयबासी वैकल्पिक उर्जाको माध्यमबाट पानी तानेपछि घर घरमा धारा हुन्छन सुविधा पाईएला भन्ने सोचेका थियौ हर्रेका स्थानीय ईन्द्र प्रसाद पौडेलले भने काम गर्न नदिएपछि योजना साचालन हुन सकेन । योजना सम्पन्न भए उक्त गाउँका ७० घर परिवारका ३ सय पचास जनसंख्यालाई खानेपानी सुविधा पुग्ने उनले बताए । गाउँमा खानेपनीको वैकल्पित स्रेात र मुहान छैनन गाउँ देखी झण्डै एक किलोमिटर तलको खोलाबाट वैकल्पिक उर्जा प्रविधि मार्फत सोलरबाट पानी तान्न लागिएको खानेपानीमा भएको अवरोधले समस्या परेको छ उनले भन पानीका लागिे दुख हटेन सपना पुरा भएन ।

अवरोधपछि टयाकी र धारा बन्न सकेका छैनन । मुहानमा टयाकी निर्माण र पाईप बिच्याउन खाडल खन्दै गर्दा काम नभएपछि पाईप र टयाकी लथालिङ्ग अवस्थामा छन । काम गर्नमा रोक लगाएपछि निर्माणधीन योजना अलपत्र परेको हो । पाँच बोरा सिमेन्ट एक टयाक्टर बालुवार पाईप जंगलमा बेवारिसे अवस्थामा छन । योजना साचालन गर्दा शुरु देखी नै विरोध गर्दै आएका माओवादीले आधा काम गर्दा रोक लगाएपछि पुन योजना साचालन हुन कुनै छलफल र सहमती नभएको उपभोक्ता पीताम्बर पोखरेलले बताए ।
 
खानेपानीका लागि दुई घण्टा पैदल हिड्ेर धारापानी बुढेपोखरा जाने गर्छन । कुवामा पनि प्रशस्त मात्रामा पानी नहँुदा एक गाग्री पानी भर्न घण्टौ लाईनमा पालो पर्खनुपर्ने उनले बताए । खानेपानीका लागि साह्रै दुख छ उनले भने ।

उपभोक्ता एव माओवादीका स्थानीय कार्यकर्ता जीव बहादुर गुरुङ्गले योजनाको काम रोक्न नेताबाट दवाव भएकाले काम ठप्प भएको बताए । काम भैरहेका बेलामा भएको अवरोधले गाउँले मारमा परेका छन । पानी तान्न ९ सय ६० वाट पावरको सोलर जडान गरिएको छ । स्थानीय जनसहभागीताबाट ३ लाख र वैकल्पिक उर्जाको १० लाख संसद विशेष सिफारिस कोषबाट ३ लाखको आर्थिक सहयोगमा उक्त खानेपानी योजना सम्पन्न गर्न लागिएको हो । अवरुद्ध भएको खानेपानी योजनालाई जिल्ला स्तरमा सर्वदलीय बैठक बसेर छलफलको माध्यमबाट समस्या समाधान गरिने माओवादी जिल्ला सेक्रेटरी ठाकुर कुमार विकले बताए ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।