अर्घाखाँचीको सिद्धारा गाविसमा हुलाकबाट पठाएको चिठी पुग्न एक महिना

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र केसी

सिद्धारा, अर्घाखाँची – जिल्लाको सबैभन्दा विकट सिद्धारा गाविसको गाउँमा हुलाकबाट पठाएको चिठी पुग्न महिना दिन लाग्ने गर्छ । एक गाउँबाट अर्काे गाउँमा पुग्न घण्टौ समय लाग्ने भएकाले चिठी भनेको बेला पुग्न नसकेको हो । सदरमुकाम र अन्य ठाउँबाट हुलाकमा चिठी पठाउँदा महिना दिन लाग्ने भएकाले सिद्धाराका बासिन्दाले समयमै चिठी पाउन सक्दैनन । जिल्ला हुलाक कार्यालयबाट सिद्धाराको अतिरिक्त हुलाक कार्यालयमा चिठी पुग्न मात्रै एक हप्ता लाग्ने गर्छ भने त्यहाँबाट गाउँमा पुग्न कम्तिमा पनि महिना दिन लाग्ने गर्छ ।

हुलाक कार्यालयबाट गाउँमा चिठी पुर् याउन जनशक्ति नभएकाले पनि समयमै पठाएको पत्र पाउँन सक्दैनन । कहिलेकाँहि त महिनौ सम्म गाउँलेको नाममा रहेको चिठीपत्र कार्यालयको कुनामा थन्किने गर्छन । सरकारी कार्यालय वा कुनै बैठक सभा गोष्ठी लगायतका महत्वपुर्ण कामको खबरको लागि पठाएको चिठी कार्यक्रम सकिएपछि पत्र पग्ने गर्ने स्थानीयबसिन्दाले बताए ।

हुलाक कार्यालयमा गाउँले आउन असम्भव भएकाले पनि चिठी पुयाईदिने कोही मान्छे नपाउँदा महिनौसम्म थन्किदा गाउँले सुचना र खबरबाट विाचत भएका छन । विदेशबाट आफन्तले घर परिवारलाई पठाएको चिठी महिना दिन पछि पाउँले गर्छन । भारतको दिल्लीमा नोकरी गर्दै आएका सिद्धारा सिलिङ्गखोलाका होमराज पदेवती एक महिनापछि घर आउँदैछु भनेर पठाएको चिठी घरपरिवारले हात पार्न सकेनन । एक महिना पहिले पठाएको चिठी भन्दा उनी घरमा छिटो आईपुगे । भारतबाट साचा ेविसाचोको खबर लेखेर भारतबाट हुलाक मार्फत पठाएको चिठी सिद्धारा हुलाक कार्यालयमा आउन त पन्ध्र दिन लागेको रहेछ उनले भने म ढेड महिनापछि घरमा आउँदा सम्म मैले पठाएको चिठी आएको रहेनछ एक हप्ता घर बसेर हुलाकमा गएर आफुले पठाएको चिठी आफै लिएउनले भने  ।

सुचानाको पहुँचबाट धेरै टाढा रहेको सिद्धाराको वस्तीका अधिकाश गाउँमा मोवाईल फोनको सुविधा समेत पुग्न सकेको छैन । एक गाउँबाट अर्काे गाउँमा खबर पठाउन पनि हप्तै समय लाग्ने गर्छ । उनीहरुको सुचना भनेको नै मौखिक खबर र हुलाक सुचनाका माध्यम हुन । सिद्धाराको लामिदमार पथ्थरकोट दोबाटो लौरी सिलिङ्गखोला लगायतका गाउँबाट गाविसको बहखोर हुलाक कार्यालय आउन मात्रै दुई दिन लाग्ने गर्छ । याी लगायतका वस्तीमा स्काई मोवाईल पनि लाग्दैन भने एफएु रेडियो सम्म सुन्न सिकदैन् । हुलाकमा आएको चिठी पनि घरसम्म लगिदिने व्यक्ति नहुँदा समस्या पर्ने गरेको हो । गाविसको हर्रे हुलाक कार्यालयमा आएको चिठी गाउँलेका व्यक्ति मार्फत पठाउँदा एक महिना लागेको हो । हुलाकका कर्मचारीले भरसक छिटो पठाउने गरेपनि बिचबाटै पुग्न समय लाग्ने गर्छ । अधिकाश चिठी दुई तीन महिना पछि पनि पुग्ने गर्छन कतिपय चिठी बाटोमै हराउने गर्छन स्थानीय माधव पौडेलले भने ।

सिद्धाराका अधिकाश वस्ती नै छरिएर रहेका एक घरबाट अर्काे घरसम्म पुग्न घण्टौ समय लाग्ने गर्छ । हुलाकमा आएको चिठी कहिलेकाँहि गाउँमै हराउने भएकाले सम्बन्धित व्यक्तिले पाउँन नसक्ने अवस्था छ । हुलाकको भर नपरी सुखै छैन लामिदमारका होमराज पुनले भने समयमै खबर पाउँन मुस्किल पर्ने गर्छ । हुलाकमा आएको चिठी गाउँको सम्बन्धित व्यक्तिसम्म पुग्न एकले अर्काे व्यक्तिलाई दिएर आदान प्रदान गरेर गाउँसम्म पर् ुयाउने गरेपनि समयमा पुग्दैन  । स्थानीय शिक्षक दुर्गा बेल्वासेले भने भौगालिक हिसाबले विकट भएको हौन राज्यले ध्यान नदिदा यस्तो समस्या आएको हो । सिद्धाराको िसंगो गाविसका सबै वस्ती भरी घुम्न तीन महिना लाग्ने गर्छ । कतै केही कार्यक्रम भयो भने या मृत्यु भएमा पनि बेलैमा सुचना पाउन सक्दैन् उनले भने ।

भौगोलिक हिसाबले वस्ती र गाउँ छरिएर रहेको र धेरै टाढा भएकाले गाउँमा चिठी पुग्न लामो समय  लाग्ने गर्छ जिल्ला हुलाक अधिकृत रामजी प्रसाद मरसीनीले भने वितरण गर्न कर्मचारी कम छन तर चिठी पुयाउन कठिनाई छ । थप कर्मचारी राख्न माग गरेपछि स्वीकृत नहँदा समस्या परेको उनले बताए ।

भौगोलिक हिसाबले दुरी टाढा भएका ठाउँमा गाविसको कार्यालय मार्फत वितरण गर्नमा सहयोग पर् ुयाउने योजना रहेको छ उनले भने यसले अलि सहयोग पुयाउने छ । हुलाक कार्यालयले सात दिन भित्र सम्बन्धीत व्यक्तिलाई दिने व्यवस्था भएपनि हुलाकबाट गाउँलेका कोही व्यक्तिलाई चिठी पुयाईदिन भनि अर्कैको हातबाट दिएको चिठी एकले अर्काेलाई दिदा महिनौ दिन लाग्ने गरेको छ । रजिष्ट्रि चिठी सम्बन्धित व्यक्तिलाई अनिवार्य डाँक बाहकले दिुनुपर्ने भएपनि सादा चिठी पर् ुयाउन व्यवस्थित नहुँदा महिना दिन लागेको हो । सिद्धारा गाविसकाले लागि दैनिक ५ देखी १० वटा चिठी हुन्छन ।

 

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।