श्रीलङ्कामा सशस्त्र शक्ति लिट्टेलाई परास्त गरेपछि संसदीय निर्वाचन आयोजित

    श्रीलङ्कामा संसदीय निर्वाचन आज आयोजना गरिएको हाम्रा सम्बाददाताले जनाएका छन्। श्रीलङ्काका विभिन्न क्षेत्रका सात हजार छ सय बीस जना उम्मेद्वारले दुई सय पच्चीसवटा संसदीय स्थानमा प्रतिस्पर्धा गर्दैछन्।

    श्रीलङ्का निर्वाचन आयोगका अध्यक्ष दायानान्ता डिसानायाकले आज राजधानी कोलम्बोमा यस पटकको निर्वाचनका लागि एघार हजार मतदान केन्द्र स्थापना गरेको कुरा व्यक्त गर्दै यसमा मतदाताहरुको सङ्ख्या एक करोड चालीस लाख असी हजार हुने आफ्नो अनुमान रहेको पनि बताउनुभयो।

    गतवर्षको मे महिनामा श्रीलङ्का सरकारले सरकारविरोधी सशस्त्र शक्ति लिट्टेलाई परास्त गरेपछि त्यहाँ यो पहिलो संसदीय निर्वाचन भएको हो।